मोरङमा प्रहरीको गोलीबाट मृत्यु हुनेको संख्या तिन पुग्यो (भिडियो

मोरङ-मोरङको रंगेलीमा प्रहरीले चलाएको गोली लागेर थप एकजनाको मृत्यु भएको छ। यो सँगै बिहीबारको तनावमा मृत्यु हुनेको संख्या तिन  पुगेको छ। मोरङको डाइनियामा प्रहरीको गोली लागि शिबु माझीको मृत्यु भएको अान्दोलन परिचालन समिति मोरङ संयोजक मोहमद काजिरले बताए। उनका अनुसार बिक्रम सहानी गम्भीर घाइते छन्।





यसअघि रंगेलीमै भएको प्रहरीसँगको झडपका क्रममा प्रहरीको गली लागि एक महिलाको मृत्यु भएको छ। मृतक महिला रंगेली-४ की ५८ बर्षीया द्राैपदीदेवी चाैधरी रहेको प्रहरीले जनाएको छ।

बिहीबार नेकपा एमालेको युवा संघ नेपालले आयोजना गरेको आमसभामा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर माझी र चाैधरीको मृत्यु भएको हो। झडपमा केही अान्दोलनकारी र सुरक्षाकर्मी घाइते छन्। सद्भावना पार्टीका जिल्ला अध्यक्ष चन्द्रप्रसाद राजबंशीका अनुसार मोर्चा कार्यकर्ताहरू सत्यनारायण शाह, महादेव ऋषिदेव, मुना मण्डल लगायत घाइते छन्।

प्रधानमन्त्री केपी शर्मा अोली सहभागी हुने भनिएको अामसभा विथोल्न मोर्चाले बुधबारदेखिनै प्रचार र तयारी गरेको थियो। मोर्चाको विरोधका कारण प्रधानमन्त्रीको भ्रमण स्थगित गरिएको थियो। रंगेलीमा प्रहरी र अान्दोलनकारीबीच तनाव जारी छ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.