सामूहिक बलात्कारपछि एक युवतीको विभत्स हत्या(पुरा पड्नुहोस)

सामूहिक बलात्कारका विभिन्न काण्डहरु मच्चिदै आएको भारतमा  सामूहिक बलात्कारपछि एक युवतीको विभत्स हत्या भएको समाचार छ । अनुसन्धानमा संलग्न प्रहरीले सो अभियोगमा ८ जनालाई पक्राउ गरेको जनाएको छ।हरियाणा प्रहरीका महानिरीक्षक अलोक रायका अनुसार बलात्कारपछि हत्या अभियोगमा ८

जनालाई पक्राउ परेका हुन्। ८ जनामध्ये कोही पसले छन् भने कोही पेन्टर र कार्पेन्टर रहेका छन्। हरियाणा प्रहरीका डिआइजी वाइपी सिङ्घलले पत्रकार सम्मेलन गर्दै  सबै अभियुक्तले आफ्नो अपराध स्वीकार गरेको जानकारी दिए। हरियाणाको रोहतकमा युवतीको बेवारिसे शव फेला परेको थियो। युवतकी शरीरमा ढुंगा लगायतका चिज गाडिएको पाइएको थियो। ती युवतीको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.