चार्ली हेप्दोले फेरि रुवायो यी निर्दोष बाबुलाई जोसँग यसअघि सारा विश्वलाई नै रोएको थियो पुरा पढ्नुस

एजेन्सी– सेप्टेम्बरमा सिरियाबाट टर्की हुँदै अवैधानिक रुपमा अमेरिका जाने क्रममा एक शरणार्थीका ढाई वर्षीय छोराको समुन्द्रमा नेपत्ता भएर मृत्यु भयो ।
यसरी ती बालकको तस्बिर सामाजिक संजालमा भाइरल बन्यो र त्यसले सारा विश्वलाई नै रुवायो । ती बालक आयलनको मृत्यु भएको ५ महिनापछि फ्रन्सको चार्ली हेब्दो म्याग्जिनले उनलाई लिएर विवादित कार्टुन छापेको छ ।
उसले मृत्यु भइसुकेका बालकलाई लिएर ठूलो भएर केटीको पछि हिडिरहेको कार्टुन छापेको थियो । कार्टुनमा केही साथीसहित ती बालकले केटीलाई जिस्क्याएर लखेटिरहेको देखाउन खोजिएको छ । जसका कारण आयलनको परिवारमा सेलाएको घाउ फेरि बल्झिएको छ । उनका बाबु अब्दुल्ला कुर्दीले यस कार्टुनलाई हेरेदेखि परिवारको आँखाबाट आँसु नरोकिएको बताएका छन् ।
 उनले भनेका छन्, ‘चार्ली हेब्दोले मेरो छोरालाई एक अपराधी र आतंककारी जस्तो बनाइदियो । युद्ध र आतंकका कारण विश्वमा लाखौँ मानिस शरणार्थीको जीवन जीउन बाध्य छन् ।
साथै यस विषयलाई लिएर विश्वभरबाट हेब्दोको आलोचना भइरहेको छ । ती बालक ठूलो भएर डाक्टर, पाइलट, शिक्षक, इन्जिनियर जे पनि बन्न सक्ने बताउादै चार्लीको यस कदमलाई सामाजिक संजालमा आलोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.