इलाममा एउटा टाउको, दुई वटा ज्यान भएको पाडो जन्मियो
इलामको साङ्ग्रुम्बा–६ का नरेन्द्र चौलागाईले पालेको दोग्ला जातको भैँसीले पहिलो बेतमै आठ वटा खुट्टा भएको पाडो जन्माएको हो। ‘हिजोदेखि भैँसी बिरामी थियो’ चौलागाईले भन्नुभयो ‘भैँसीले सहजै पाडो जन्माउन नसेपछि पशु चिकित्सकले शल्यक्रिया गरेर पाडो निकाले, पाडोको आठ वटा खुट्टा रहेछ।’ जिल्ला पशु सेवा कार्यालयका पशु प्राविधिक टेकनाथ रेग्मीले भैँसीको शल्यक्रिया गरेर आठ खुट्टा भएको पाडो निकाल्नु भएको हो।
पाडोको टाउको एउटा मात्र छ। तर ज्यान भने दुई वटा छ। एउटा टाउकोमा दुई वटा ज्यान भएको पाडोको पुच्चर पनि दुई वटा नै छ। शल्यक्रिया गरेर निकालिएको पाडो जीवित भने थिएन।

0 comments
Write Down Your Responses