गोरखा गाउँको मैदानमा फेरि कसले दियो बालकको नरबलि ?
रायगढ, २४ पुस । भारतको छत्तीसगढ राज्यको रायगढ जिल्लामा प्रहरीले १४ वर्षीय बालकको टाउको काटेको अवस्थामा शव बरामद गरेको छ ।शवभन्दा केही टाढा काटिएको अवस्थामा टाउको फेला परेको छ । टाउकोसँगै धारिलो चक्कु र पूजा सामाग्री बरामद गरिएका छन् ।रायगढ जिल्लाका अतिरिक्त पुलिस अधीक्षक यू.बी.एस. चौहानले पाँच किलोमिटर टाढा कोतरा रोड थाना क्षेत्रअन्तर्गत गोरखा गाउँको मैदानमा करीव १४ वर्षका बालकको टाउँको काटिएको अवस्थामा शव फेला परेको बताएका छन्।घटनास्थलमा फेला परेको जलेको अगरबत्ती र बत्तीबाट प्रहरीले बालकलाई नरबलि दिएको आशंका गरेको छ । साथै प्रहरीले बदलाको भावनाले पनि बालकको हत्या भएको हुन सक्ने उल्लेख गरेको छ ।
सो घटनाका विषयमा जाँच सुरू गरेको अधीक्षक चौहानले बताएका छन् । प्रहरीले शवको सनाखत हुन नसकेको जनाएको छ । किशोरको हत्या धारिलो चक्कुले घाँटी रेटेर गरिएको छ । एजेन्सी

0 comments
Write Down Your Responses