बालक नै बलात्कृत
गुल्मी –वालिका वलात्कारको घटना बृद्धि हुँदै आएको बेला गुल्मीमा भने एक युवाद्धारा ५ वर्षिय वालक नै वलात्कृत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीको हाडहाडे गाविसका ५ वर्षिय वालकलाई छिमेकी जिल्ला प्यठान वाङ्गेमरोड –७ का २० वर्षिय कमल थापाले जवरजस्ती अप्राकृतिक मैथुनको शिकार बनाएका हुन् ।निज विरुद्ध जवरजस्ती करणी र अप्राकृतक मैथुन गरेको अभियोगमा जिल्ला अदालतमा मुद्धा दायर गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
आरोपी थापाले खाने कुरा दिने प्रलोभन देखाउँदै घर देखि चार पाँच किलो मिटर पर लगेर अप्राकृतिक मैथुन गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले बताए ।प्रहरीले वालकको नाम भने गोप्य राखेको छ ।

0 comments
Write Down Your Responses