यी हुन् ८ सय सन्तानका बाबु ! कसरी जन्माए..? हेर्नुहोस्.. (भिडियो सहित )..


एजेन्सी । संसारमा अनौठा अनौठा खबर सुनिन्छन् ।यसैक्रममा स्पेनका एक पुरुषले आफू ८ सय सन्तानको बाबु बनेको दाबी गरेका छन् । ४१ वर्षीय साइमन वाटसनले यस्तो दाबी गरेका हुन् ।उनले भनेका छन्- स्पेनदेखि लिएर ताईवानसम्म कैयौ देशमा मेरा सन्तान छन् र अहिलेसम्म करिब ८ सय सन्तानको बाबु बनिसकेको छु ।’ यद्यपी साइमन वाटसन आफ्नो नाममा एक विश्व रिकर्ड कायम गर्न चाहन्छन्, जसलाई कसैले तोड्न नसकोस् । उनी स्पर्म डोनर (शुक्रकिट दान गर्ने पुरुष) हुन् ।


उनी भन्छन्- हरेक हप्ता उनको एक बच्चा संसारको कुनै भागमा जन्म लिइरहेको हुन्छ । उनका धेरैजसो ग्राहक उनकै फेसबुकमा भेटिन्छन् । फेसबुकबाटै महिला ग्राहकसँग सम्पर्क गरी सन्तान जन्माउनका लागि प्रक्रिया अगाडि बढाउँछन् ।समाचार अनुसार वाटसन हरेक तीन महिनामा आफ्नो शरीर परीक्षण गराउँछ ताकि कुनै यौन रोग नलागोस । साथै उनी आफ्नो अस्पतालको रिपोर्ट अनलाइन पनि पोस्ट गर्छन् । वाटसन भन्छन्- निजी क्लीनिकमा जान हरेक नागरिकका लागि असम्भव छ । तर, म जस्तो ‘स्पर्म डोनर’सँग भेट्न पनि अप्ठेरो हुन्छ । उनी भन्छन्- तपाई कुनै होटल वा कही पनि भेट्न सक्नुहुन्छ र केही समयमै तपाईको काम हुनेछ । त्यसपछि तपाई आफ्नो बाटो लाग्नुहुनेछ म आफ्नो बाटो ।’


यद्यपी आलोचकहरुले यो विधीलाई गैर–कानूनी नभनेपनि अनाधिकृत डोनर (शुक्रकिट दान गर्ने पुरुष)बाट शुक्राणु प्रयोग गर्नाले महिलाहरुमा संक्रमणको खतरा बढ्ने सम्भावना रहेको बताउँछन् ।नेशनल गेमेट डोनेशन ट्रस्टकी मुख्य कार्यकारी अधिकारी लारा विटजेन्स भन्छिन्– यो तरिकाले डोनरबाट शुक्राणु लिदा समग्र रुपमा कुनै हानी हुँदैन् तर, यदि केही गलत भयो भने यो विधिमा केही यस्ता घटना छन् जहाँ महिलाले यौन उत्पीडन वा बलात्कारको आरोप पनि लगाउँन सक्छन् ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.