चौधरी ग्रुपले भूकम्प प्रभावितहरुका लागि २ हजार ५ सय ४० वटा आपतकालीन वासस्थान निर्माण गरेको छ । यस्का साथै सामाजिक उत्तरदायित्व अनुरुप चौधरी ग्रुपले बिभिन्न विद्यालय भवन समेत बनाइदिएको छ । चौधरी ग्रुपले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरेर भुकम्प प्रभावितहरुका लागि एक वर्षको अवधिमा चौधरी ग्रुपले २ हजार ५ सय ४० वटा आपतकालीन वासस्थानका साथै ३७ वटा विद्यालय भवन बनाएको जानकारी दिएको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भारतको नाकाबन्दीका बेला इन्धन र निर्माण सामग्रीको अभावका वाबजुद आफूहरुले भुकम्प प्रभावितहरुका लागि आश्रय बनाएको बताउनु भयो । अप्ठेरो परेका बेला र प्रतिकुल परिस्थितिमा आश्रय बनाउन सकेर प्रभावितलाई हस्तान्तरण गर्न पाएकामा चौधरी ग्रुप गौरवान्वित रहेको उहाँले बताउनु भयो ।

0 comments
Write Down Your Responses