‘म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ


साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन। संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धन चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक दु:खी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक-एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो । भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र सालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम गर्‍यो अनि प्रश्न अघि सार्‍यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’ उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्‍यो, ‘म सँग केही हुनुपनि त पर्‍यो नि दिनलाई ! मसँग केही छैन । बडो मुस्किलले बिहान-बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै सालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंसा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’ त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो । त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.