अर्घाखाँचीलाई चिनाउने गीति वृत्तचित्र सार्वजनिक (भिडियो)

पश्चिम नेपालको अर्घाखाँचीलाई चिनाउने एक गीति वृत्तचित्र सार्वजनिक भएको छ । ‘मेरो प्यारो अर्घाखाँची’ बोलको गीति वृत्तचित्रमा नेपाल सरकारमा पदाधिकारी तथा बिभिन्न राजनीतिक व्यक्तित्वहरुले अर्घाखाँचीबारे जानकारी दिएका छन् । 
यस वृत्तचित्रमा रहेको गीतमा मधुसुदन बञ्जाडेका शब्द तथा संगीत साथै मधुसुदन बञ्जाडे र सम्झना लामिछाने मगरको स्वर रहेको छ । यस गीति वृत्तचित्रमा शितल केसी, काजल खनाल , सुदन  खड्का लगायतका कलाकारहरुले अभिनय गरेका छन् । कुमार केसीले निर्देशन गरेको भिडियोमा हरि नारायण चौधरीको छायांकन तथा अनुप सिवाकोटीको सम्पादन छ । - 


प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.