दुखद खबर : कार दुर्घटनामा लोकमान कार्की सहित २ को मृत्यु
काठमाण्डौ । रोजगारीका शिलशिलामा मलेसियामा रहेका २ नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ । कलालमपुर स्थित काजाङको ‘मेट्रो काजाङ’ क्षेत्रको एक सडक खण्डमा मंगलबार राती भएको दुर्घटनामा परि गोरखा बुङकोटका अन्दाजी ३४ वर्षीय रामशरण थापा र सलकपुर, मोरङ घर भई काजाङ क्षेत्रमै कार्यरत २४ वर्षीय लोकमान कार्कीको मृत्यु भएको त्यहास्थित नेपाली व्यवसायी किरणले बताएका छन् ।
उनीहरु काजाङमै व्यवसायमा संलग्न थिए । मंगलबार मध्यराती ५ जना नेपाली सवार कार दुर्घटनामा परेको हो । घटनाबारे प्रहरीमार्फत बुधबार बिहान मात्रै खबर थाहा पाइएको किरणले बताए । घटनाबारे मृतकका नेपालस्थित परिवारलाई खबर गरिसकीएको बताइएको छ । घटनामा अन्य तीन जना नेपाली घाइते भएका छन् ।
उनका अनुसार दुईजनाको अवस्था गम्भिर रहेको र उनीहरुको काजाङस्थित अस्पतालमा उपचार भइरहेको छ । उनीहरुबारे विस्तृत जानकारी आई नसकेको बताईएको छ । किरणका अनुसार मध्यरातमा भएको उक्त घटनाका घाइतेमध्ये एकजना डिस्चार्ज भइसकेका छन् । मृतक दुई नेपालीको शवलाई भने पोष्टमार्टमपछि हाल सेरडाङस्थित अस्पतालमा राखीएको छ । घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।


0 comments
Write Down Your Responses