गोरु काटेको आरोपमा पाँचजना पक्राउ


जेठ २८, चितवन - गोरु काटेर फ्याकेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।


माडीको चितापुल नजिकै सिसौघारीमा काटेर फ्याँकेको गोरु फेला परेको र बुझ्दै जाँदा उनीहरु संलग्न रहेको भन्ने जानकारीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

माडी-३ की सुनिता नेपाली, माडी-४ को १६ वर्षीय सागर नेपाली, सोही ठाउँका १९ वर्षीय शिव नेपाली, माडी-४ का २५ वर्षीय जीवन नेपाली र माडीकै ४५ वर्षीया कोपिला नेपालीलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार उनीहरुलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको छ। पक्राउ परेकालाई गौबध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.