-महिलाले जंगलमा बच्चा जन्माएको टेलिभिजनमा लाइभ! हेर्नुहोस्.. (भिडियो सहित)
एकजना महिलाले कंक्रिटयुक्त भुइँमा ओछ्याइएको प्लास्टिकको गुन्द्रीमा बच्चा जन्माएको दृश्य गएको वर्ष यु ट्युबमा अपलोड भएपछि त्यो एकाएक भाइरल बन्यो । यु ट्युबको त्यो दृश्य लाखौँ मानिसले हेरे । यो दृश्य निकै भयंकर पनि थियो त्यसैले धेरैले यसको आलोचना गरे । तर जंगलमा यसरी एक्लै बच्चा जन्माएको दृश्यबाट प्रभावित भएर अमेरिकाको एउटा टेलिभिजनले रियालिटी शो नै निर्माण गर्ने भएको छ।
अमेरिकी टेलिभिजन लाइफटाइमले जंगलमा जन्म अर्थात् बर्न इन दी वाइल्ड नामको यस्तो रियालिटी शो तयार गर्ने योजना बनाएको छ जसमा जंगलमा महिलाहरुले डाक्टरको सहयोग विना प्राकृतिक तबरले नै बच्चा जन्माएको खाँटी दृश्य देखाइनेछ ।
यो रियालिटी शो मा बच्चा जन्माउने बेला पुगेका महिलाहरुलाई सहभागि गराइनेछ, अझ भनौँ व्यथा लागिसकेका महिलाहरुलाई कुनै एकान्त ठाउँमा लगेर राखिनेछ र त्यहाँ ती महिलाले कुनै डाक्टर वा सुडेनीको सहयोग विना बच्चा जन्माउनेछिन् । त्यो सबै दृश्य क्यामरामा कैद गरेर रियालिटी शो मा देखाइनेछ ।
चिकित्सकले स्वस्थ भनेर प्रमाणित गरिसकेका र दोश्रो बेत पछाडिका गर्भवति महिलालाई मात्र रियालिटी शो मा सहभागि गराइने बताइउको छ ।
लाइभटाइम टेलिभिजनका कार्यक्रम प्रमुख इली लेहरका अनुसार पहिलोपटक बच्चा जन्माउन लागेका र स्वास्थ्यमा समस्या भएका महिलालाई भने सहभागी गराइने छैन ।
यता, यस्ता खाले लहडी तथा जोखिमयुक्त कार्यले महिला र बच्चाको ज्यान जोखिममा पुग्ने र नराम्रो प्रथाको सुरुवात हुने भन्दै कतिपयले आलोचना गरेका छन् । तर टेलिभिजनले भने रियालिटी शो का लागि जंगलमा बच्चा जन्माउने महिला पूर्णतया सुरक्षित हुने र त्यहाँ पृष्ठभूमिमा प्रसस्त सहयोगी राखिने दाबी गरेका छन्

0 comments
Write Down Your Responses