मोदी काठमाडौं आएको बेला गोर्खा सैनिकले दिए कडा चेतावनी!
काठमाडौं । अन्यायपूर्ण रुपमा आफूहरुलाई विना पेन्सन हटाईएको भन्दै भारतीय गोर्खा न्याय समितिले तत्काल सेवावापत पेन्सन तथा सेवा सुविधा उपलब्ध नगराए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई विनाकारण जेल सजाय दिएको र पेन्सन लिनबाट बञ्चित गरेको भन्दै तत्काल सेवा सुविधा सहित पेन्सन उपलब्ध नगराए जीवनमरणको संघर्ष गर्न समेत बाँध्य हुने चेतावनी दिएको हो ।
पीडितहरुले आफूहरु लगायत ७३ जना गोर्खा सैनिकहरुलाई सन १९७९ मा लद्दाखमा रहेको ४÷३ गोर्खा राईफल्सका कमाण्डिङ् अफिसर्स लेफ्टिनेन्ट कर्णेल ओ.पी. भाटियाले विनाकारण एक दिनभरि युद्धको तयारीमा गोली गठ्ठसहित पहाड चढ्ने उर्दी जारी गरेकाले हामीले जबरजस्ती आदेश पालना गरेको र ब्यारेकपछि फर्किदा नीज भाटिया ब्यारेकमा नभेटिँदा यस वारेमा अन्य अधिकारीहरुसँग छलफल गर्दा हप्ता दिनपछि जथाभावी सैनिकविद्रोह गरेको आरोपमा वारेन्ट जारी गरेको स्मरण गर्दै आफूहरुलाई नीज भाटियाले जातिवादीको दृष्टिकोणबाट हेर्ने गरेको गुनासो गरेका छन् । उनीहरुले त्यति नै वेलाआफूहरुलाई सैनिककोर्ट मार्शल समेत गराईएको जानकारी दिँदै विनाकारण बिना पेन्सन जेल सजायभोगेकातथाअवकास पाएका समेत गरि ४६ जनाआन्दोनलमा रहेको जानकारी समेत दिएका छन् ।
समितिका संयोजक ईन्द्रबहादुर गरुङ्गले आफ्ना समस्याहरुको वारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत पत्राचार गरेको जानकारी दिँदै मोदीले पनि समस्याको समाधान नगरे बाध्य भएर कडा संघर्षमा उत्रने बताएका छन् । गुरुङ्गले भने–‘मोदीले हाम्रो समस्याको सुनुवाई गरि न्यायदिनु हुनेछ भन्ने पूर्ण विश्वास छ, उहाँले संसदमै भारतको स्वतन्त्रताका लागि रगत बगाएको भन्दै हाम्रो प्रशंसा समेत गर्नुभएको थियो ।’ कार्यक्रममासमितिका सदस्यएवमपीडित रुद्र बहादुर मल्ल, मानबहादुर थापालगायतले आ–आफ्नाधारणा राखेकाथिए । कारवाहीमा पर्नेहरुमा भिमबहादुर राना, विष्णु प्रसादशाही, भैमजितपुन, होम बहादुर गुरुङ्ग, नरबहादुर थापा, ध्रुवसिंह पुन, परवीर गुरुङ्ग, मन बहादुर थापा, दुर्गासिंह थापा, प्रेम बहादुर पुन, भीमबहादुर पुन, नर बहादुर गुरुङ्ग, खुशिमानगुरुङ्ग, रुद्र बहादुर मल्ल, सोम बहादुर राना, बनबहादुर गुरुङ्ग, खड्ग बहादुर थापा, ईन्द्र बहादुर गुरुङ्ग, अमृत गुरुङ्ग, मनबहादुर थापा, घम बहादुर पुन, पञ्चबहादुर गुरुङ्ग, जीतबहादुर गुरुङ्ग, शेर बहादुर पुन, भीमराज राना, गणेश बहादुर थापा, यमवीर गुरुङ्ग, देवीलालथापा, कर्ण बहादुर गुरुङ्ग, तारा बहादुर थापा, टिबीलाल गुरुङ्ग, पृथीमानगुरुङ्ग, दावाती शेरिङ् लाप्चा, मन बहादुर थापा, पद्म बहादुर थापा, ध्रुवसिंह गुरुङ्ग, डम्बर बहादुर थापा, सोम बहादुर गुरुङ्ग, ज्ञान बहादुर गुरुङ्ग, नौराजगुरुङ्ग, राजभक्तथापा, लाजेराम, ले.आर. राईजाडा, तारा चन्द र रामु गुरुङ्ग रहेका छन् ।


0 comments
Write Down Your Responses