श्रीमान कतारमा श्रीमती ९ दिन देखी नेपालमा बेपत्ता!

पर्वत । पर्वतको देवीस्थान बस्ने विन्दु नेपाली नौं दिनदेखि बेपत्ता भएकी छन् ।

३८ वर्षकी विन्दु सदरमुकाम कुश्माबजार जान्छु भनेर हिँडेपनि अहिलेसम्म घर नफर्केको उनकी सासु हरिकला नेपालीले बताइन् । उनी घर नफर्केपछि परिवारले आफन्छ तथा सम्बन्धित सबै ठाउँ खोजेपनि अहिलेसम्म पत्ता लागेको छैन् ।


शनिवार बेपत्ता भएकी बिन्दुका श्रीमान सात बर्षदेखि कतारमा रोजगारीको शिलशिलामा छन् । उनका ११ वर्ष र आठ वर्षका दुई छोरा र तीन वर्षकी एक छोरी छन् । श्रीमती हराएको खबर पाएपछि कतारमा रहेका श्रीमान समेत बिछिप्त भएका छन् ।

‘लत्ताकपडा सबै लगेर गएकी छ फर्केर आउली जस्तो लागेन, कहाँ गएकी हो थाहा छैन । भनेर गएको भए यस्तो अवस्था आउने थिएन,’ सासु हरिकलाले भनिन् ।
तर परिवारले बिन्दुको खोजीका लागि प्रहरीलाई भने खबर गरेको छैन्

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.