-कारबाट के उत्रेको मात्र थियो युवती ! बाघले यसरी घिसारेर जंगल भित्र लग्यो एक पटक हेर्ने पर्ने (भिडियो सहित)..

चीनको राजधानी बेइजिङमा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ । एक पार्कमा जंगल सफारीका लागि आएका परिवारकी एक महिलालाई बाघले घिसारेर लगेको छ ।

चीनको बेइजिङ बादलिंग वाइल्ड लाइफ पार्कमा गत शनिबारको यो घटना भएको हो । जहाँ केही मानिसहरु सफारीका लागि आ–आफ्नो कारमा सवार थिए । यो पार्कमा मानिसहरुलाई आफ्नो पार्क लाने अनुमती छ तर पार्क भित्र उनीहरुलाई बाहिर निस्कन भने मनाही छ । तर यो सबै कुरा थाहा भएपनि यी महिला कारबाट निस्किइन्, तर किन ?

वास्तवमा यी महिलासँग कारमा अर्की एक महिला र एक व्यक्ति थिए । सफारीको क्रममा गाडी रोकियो र ड्राइभर सिटमा बसेकी महिला उत्रिन् र अर्कोतर्फ बस्न खोजिन् । तर यही गल्तीले उनको ज्यान लियो । उनी कारभित्र छिर्नुभन्दा अघि नै बाघ पछाडीबाट आएर उनलाई घिसारेर लिएर गयो ।

यी महिलाका साथी उनलाई बचाउनको लागि जाँदा अर्को दुर्घटना भयो । अर्की महिलामाथि अर्को बाघले हमला गर्यो । वन विभागको गाडी उनीहरुलाई बचाउनको लागि पुग्दा उनीहरुको मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.