१५ दिनमा एक करोडले हेरेको भिडियो, हेर्दा तपाईंको मुटु काँप्छ (भिडियोसहित)...

एजेन्सी । चर्चित साईकलिस्ट ड्यानी म्याकअस्किलले नयाँ चमत्कार गरेका छन् । यसअघि स्कटल्याण्डको कुइलिन पर्वतीय क्षेत्रलाई साइकिलले नापिसकेका ड्यानीले यसपटक स्पेनकव ग्रेन कानारिया द्वीप समूहमा साइकिलबाटै चमत्कार गरेका छन् ।


यो मुटुकमाउने यसकारण छ कि उनले साईकिल सडकमा होइन पूरै सहरका घरहरुको छतको डिलमा चलाएर । यसक्रमा कैयन पटक त उनले एकदमै पातलो वालमासमेत साईकल कुदाएका छन् ।

हेर्दा सायदैको मुटु नकाँप्ला । १५ दिनअघि युट्युबमा अपलोड भएको उनको यो भिडियो समाचार तयार पार्दासम्म १ करोडभन्दा बढीले हेरिसकेका छन् ।

उनी साइकिल लिएर छतमा निस्किँदा उनलै पूरै सहरको परिक्रमा गर्न सक्लान भनेर कसैले सोचेकै थिएनन् । तर उनी सफल भए । उनले आफ्नो स्टन्टको अन्त्य साइकिलसहित समूद्रमा हाम फालेर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.