-यसै वर्ष पृथ्वी ध्वस्त हुने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यस्तो दाबी !!!
यसै वर्ष पृथ्वी ध्वस्त हुने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यस्तो दाबी !!!
पृथ्वी ध्वस्त हुने बारेको वैज्ञानिक भविष्यवाणी र्सार्वजनिक भएको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार सन् २८८० को मार्च १६ का दिन पृथ्वीमा ठूलो प्रलय हुने खतरा छ । उसका अनुसार उक्त दिन १९५० डीए नामको क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने खतरा छ । झण्डै एक माइल ब्यास भएको उक्त क्षुद्रग्रह १५ किलोमिटर प्रति सेकेण्डको बेगमा पृथ्वीतर्फआइरहेको छ ।
सोही गति तथा दिशा कायम रहेमा यो क्षुद्रग्रह उक्त मितिमा पृथ्वीसँग ठोक्किनेछ र त्यस क्रममा ४४ हजार ८ सय मेगाटन टिएनटी नामक विस्फोटक पदार्थ विस्फोटन हुँदा जत्तिकै उर्जा उत्पन्न हुनेछ । नासका अनुसार यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने र क्षति पूराउने खतरा ०।३ प्रतिशत मात्र छ ।
तथापि यसको यो खतराको अनुपात यसअघिका क्षुद्रग्रहको खतरा भन्दा ५० प्रतिशत बढि हो । स्मरण रहोस् यस्तै खाले क्षुद्रग्रह पृथ्वीसँग ठोक्किँदा ६ करोड ५० लाख वर्षपहिले पृथ्वीबाट डाइनोसर लोप भएको थियो । पृथ्वीमा भविष्यमा ठोक्किने खतरा रहेको भनिएको १९५० डिए क्षुद्रग्रह सन् १९५० मा पहिलोपल्ट देखा परेको थियो ।
त्यसबेला १७ दिन देखा परेर क्षुद्रग्रह हराएको थियो र आधा शताब्दीपछि सन् २००० को डिसेम्बर ३१ मा फेरि देखा परेको थियो । यो क्षुद्रग्रहको परिक्रमण दर २।१ घण्टा रहेको छ जुन क्षुद्रग्रहमा दोश्रो उच्च गति हो । वैज्ञानिकहरुका अनुसार अहिले ब्रम्हाण्डमा १४ सय वटा यस्ता जोखिमपर्ूण क्षुद्रग्रह छन् जसले पृथ्वीमा असर पूराउने खतरा छ ।



0 comments
Write Down Your Responses