दुई लाख रुपैयाँमा यस्तो घर बन्छ,सस्तो घर बनाइदिने जापानी कम्पनीको इच्छा पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस..

मियामोतो इन्टरनेसनलले भूकम्प पीडितहरुका लागि सस्तो मूल्यमा सुरक्षित आवास निर्माणमा सहयोग गर्न चाहेको छ । इन्टनेसनलका प्रमुख कार्यकारी अधिकृत डा. एचकिट मियामोतोले मंगलबार आयोजित पत्रकार सम्मेलनमा उच्चतम प्रविधि अपनाएर कम लागतमा धेरै सुरक्षित घर बनाइदिन चाहेको बताए । उनले करिब दुई लाख रुपैयाँ खर्च गरेर स्थानीय स्रोतबाट घर बनाउन आफ्नो कम्पनी तयार रहेको बताए ।


‘हामीले भूकम्प पीडितहरुलाई सहयोग गरिरहेका निजी कम्पनी, अन्तर्राष्ट्रिय संघसंस्था र सरकारी निकायसँग समन्वय गरेर काम गर्न तयार छौं,’ पत्रकार सम्मेलनमा मियामोतोले भने । वैशाख १४ गते नेपाल आएका उनले आफूहरूले ट्रान्जिसन स्टिल स्ट्रक्चर सिस्टम विकास गरेको बताए । ‘यो प्रविधि गाउँहरुमा स्थायी घर बनाउन प्रयोग गर्न सकिन्छ,’ स्ट्रकचरल इन्जिनियरसमेत रहेका मियामोतोले भने । उनले इँटा जोडेर बनाइने परम्परागत शैलीलाई बदलेर यसलाई थप सुरक्षित र राम्रो बनाउन सकिने बताए । ‘नेपालको संस्कृति र परम्परालाई कायम राख्दै नयाँ निर्माण गर्न मुस्किल छ । तर पनि सुरक्षित र कम लागतमा निर्माण गर्ने तरिका छन्,’ मियामोतोले भने ।
मियामोतो इन्टरनेसनलले पहिलो शक्तिशाली भूकम्प गएको ४८ घन्टाभित्र अध्यनन गर्न तीन देशका विज्ञ पठाएको थियो । त्यो समूहले वित्तीय संरचना, स्कुल, अस्पताल तथा घर पूर्ण क्षति भएको र ध्वस्त भएका गाउँहरु ९० प्रतिशतसम्म चर्किएको ठहर गरेको छ । ‘विज्ञ समूहले क्षति पुगेका तथा बाँकी रहेका संरचना तथा घरलाई कसरी भूकम्प प्रतिरोध, बलियो निर्माण र पुनःनिर्माण गर्ने भन्ने जानकारी दिएको छ,’ उनले भने, ‘राम्रो प्रविधिबाट बनाइएका इँटा र ढुंगाका जोडाइ पनि राम्रै हुन्छ तर प्रविधि राम्रो भएन भने खतरनाक हुन सक्छ ।’ उनका अनुसार मियामोतो इन्टरनेसनलसँग हाइटी, जापान र चीनदेखि टर्की, इटाली, न्युजिल्यान्डसम्मको भूकम्पपछिको पुनःनिर्माणमा अनुभव छ । मियामोतोले सन् २०१० यता ४ लाख ३० हजार भवन निरीक्षण गरिसकेका छन् । त्यस्तै, १२ हजार घर पुनःनिर्माण गरिसकेका छन् । Source  Nepali aawaj

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.