Breking News..यात्रुबाहक बस त्रिशूलीमा खस्यो,१५ जनाको मृत्यु ,उद्धार कार्य जारी

१० भदौ, काठमाडौं । रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस शुक्रबार बिहान मुग्लिन नजिकै दुर्घटनामा परेको छ ।


मुग्लिन । गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खसेको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदिमा खसेको हालसम्म १५ जनाको मृत्यु भएको उद्धार कार्य जारीरहेको चितुवानका एस्पी बसन्त कुबरले बताए ।

मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको एस्पी  कुबरले बताए।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.