जीवनको मामा कामे मगर फिलिपिन्समा सिकिस्त बिरामी.. हुदा हुदै पनि.. चाहिने कागजातको लागि हिडिरहेको हेर्नुहोस्.. दुखमा साथ् दिने ज्वलन्त उदाहरण (भिडियो सहित )..

मान्छे साथ भनेको दुखकै बेलामा दिनु पर्छ सुखकाे बेला त उ अाफै जे काम गर्न पनि त सक्षम हुन्छ , कामे मगरलाई धेरै भन्दा धेरै धन्यवाद र बधाई छ । वहाँबाट हामीले दुख पर्द यसरी जाे काेहीलाई साथ दिनु पर्छ भन्ने धेरै पाठ सिक्नु पर्छ । वहाँ मानव सेवाका लागि हाम्रो एउटा ज्वलन्त उदाहरण हुन ।

मामा कामे मगरज्यु लाई धेरै धेरै धन्यवाद नमस्कार !!!
खराब पतिद्वारा प्रताडित फिलिपिनी महिलाको उद्वार भन्दै
ठुल्ठुला अक्षर लेख्नेहरुले
गरिबी र अन्यायमा परेको सत्य जानिसक्दा पनि 
चुँक्क नबोलिदिए पछि, 
मूलधारे मिडिया भन्छन क्यार !
निर्बल हरुले सासै जालाजस्तो गरि बल गरिरहँदा पनि 
२ अक्षर नलेखिदिए पछि ,
इन्डियन च्यानलको हर कार्यक्रम अनि हिन्दि फिल्मको बिज्ञापन गर्दै 
तिघ्रा देखाएर सिध्रा कमाउने तिघ्रीहरुले 
दुई शब्द कठै बरा नबोली दिए पनि 
सेलेब्रिटि भन्छन क्यार !
संसार भर छरिएर रहेका मनकारीहरुले
हो मा हो मिलाउँदै सहयोग जुटाउन थाले पछि ,
मनका धनीहरुले मोबाइल र कम्पुटरमा
रातोदिन औला नचाए पछि
रुदै कराउँदै गुहार माग्दै
गरिबै गरिब र निर्बलै निर्बलहरुको भिडले घिसार्दै धकेल्दै
सफलताको पहाड चड्ने बाटो पहिल्याई सकिएको छ
अब बल्ल बुहारी फर्काउने आशा दह्रो भएको छ
छिट्टै बुहारी र नानीहरु फर्किने दिन नजिकिंदै छ
चिन्ता छैन उनीहरु हाम्रो साथमा नभएपनि
म, तपाई र हामी एक भए पछि ,
कामे, कामी र हामी एक भए पछि
कामे , कामी र हामी एक भए पछि !
काठमाडौँमा पर्यटन ब्यबसाय गर्दै रहनु भएका जीवनका मामा कामे मगरको खासमा यो सेप्टेम्बर देखि अत्यन्त व्यस्त समय हो, तर आफन्तलाई परेको बेला आफ्नो सारा काम र परिवार एकातिर छाडेर चितवनमा जिबनको लागि कागजात बनाउन मात्रै जानु भएन बुहारी र नानीहरुलाई फर्काउन भान्जा जिबन संगै फिलिपिन्स सम्म पुग्नु भएको छ !
हाल मामा कामे मगर ज्यु त्यहाँ बिमारका बाबजुद पनि हरेक आबश्यक कागजातहरु मिलाउनमा व्यस्त हुनुहुन्छ , वहाँ लाई हामी सम्पूर्ण नेपालीको तर्फबाट
हार्दिक -हार्दिक धन्यवाद र नमस्कार !

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.