जीवन र जोयाको ५ महिना पछी मिलन.. तर दुख लाग्दो .. फिलिपिन्स पुगेर नि जेठो छोरालाई भेट्न सकेन हेर्नुहोस्..किन (भिडियो सहित )..

अन्तत: ५ महिनाको बिछोड पछि जिबनले आफ्नी मायाँ जोया र सानो छोरा एरिकलाई अँगालोमा बाँधेका छन् , टिकट नमिलेकोले जेठो छोरो मिगेलले भने आज बाबा जिबनलाई भेट्न सकेका छैनन् , भोलि अर्को सल्लाह हुँदैछ , अहिलेलाई सम्पूर्ण सहयोगी र सुबेच्छुक मनहरुलाई बधाई ! अनी धन्यवाद !

जोया जिबन मिलनको क्षण
५ महिनाको बिछोड पछि अन्तत: जीवनले आफ्ना छोरा एरिक र मायाँ जोयालाई आफ्नो अँगालोमा बाँधेका छन ।यी जोडी फिलिपिन्सको मनिला स्थित एयरपोर्टमा भेटेका हुन् ।
जोया बस्ने शहर बकोलोड मनिलाबाट २ घण्टा टाढा फ्लाइटबाट मात्रै पुगिन्छ , गाडीमा या पानी जहाजमा त झन् २-३ दिन लाग्छ ।
यसर्थ जेठो छोरो मिगेलले भने हिजै बाबुलाई भेट्न पाएनन ।मैले हिजो बिहानै मिगेलको टिकेट खर्चका लागि ५ हजार पेसो पठाईदिए पनि अन्तिम अबस्थामा टिकेट मिलेन ।
बाँकि प्रोसेस अझै पहाडै जस्तो गाह्रो छ । जोया र नानीहरुलाई फर्काउन, तर जो मिल्न पर्ने मन मिलिसके पछि त्यो पनि एकदिन अबश्य फत्ते होला भन्ने हाम्रो दृढ बिश्वास छ ।
हाम्रो अभियानका मुख्य दाता तथा अभिन्न सदस्य आङ कामी दाइले जोया जिबन मिलनको सानो भिडियो कल रेकर्ड गर्नु भएको छ र यस बारे केहि बोल्नु भएको छ , हेर्नु होला ।
अहिले सम्मको साथ र सहयोगको लागि सबैलाई धन्यवाद !
"फिलिम अझै बाकी छ साथी हो "

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.