खुशीको खबर! जोया र जिबनको मिलन अभियानमा अहिले सम्ममा ११ लाख बढी रकम प्राप्त भएको जानकारी.. कहाँ कहाँ बाट नामावली सहित हेर्नुहोस्..
जोया जिबन मिलन अभियानको प्रगती बिवरण ११ लाख बढि सहयोग रकम उठ्ने , अभियान तेश्रो चरणको संघारमा
हाम्रो शान्तिपूर्ण बाटोबाट बुहारी फर्काउने अभियानमा आज सम्म उत्साहजनक प्रगति भैरहेको छ ।पहिलो चरणमा जोया जिबन घटनाबारे नेपाल मगर संघले सत्य तथ्य अध्ययन गरिरहेको बुझिएको छ भने हामी र हाम्रा अनन्य मित्रहरु मार्फत सहयोग अभियानमा सन्तोषजनक सहयोग जुट्दैछ , आबश्यक कागजात बनिसके पछि जिबन फिलिपिन्स जानेछन र उताको कानुन अनुसार जोया जिबनको बिहे दर्ता भैसके पछि नानीहरुको पनि कागज बन्नेछ र सपरिवार नेपाल फिर्ता हुनेछन। त्यतिबेला सम्म नेपालमा जोयाको साढे ३ बर्षे प्रवेश निषेध हटाउन हाम्रै अभियन्ताहरु र नेपाल मगर संघले आबश्यक पहल गर्ने हाम्रो अपेक्षा छ ।
जिबन, जोया र नानीहरु नेपाल फर्की सके पछि कानुन अनुसार जोया जिबनको बिवाह दर्ता गरिनेछ र नानीहरुको जन्म दर्ता हुनेछ ।यस पश्चात उनीहरुको जिबन सामान्य रुपमा बितोस भनेर हामीले सके सम्म सानो तिनो उद्यम पनि शुरु गराई दिन पाए झन् राम्रो हुन्थ्यो भन्ने हाम्रो सदीक्षा हो ।
हालसम्म उठेको र प्रतिबद्धता आइसकेको रकम बिवरण :
जोयाको नाममा प्राप्त -144,948.
जिबनको नाममा प्राप्त -230275.
हंगकंग बाट पी शेर्पा ज्युको अगुवाइमा झन्डै १,३८,००० डिपोजिट भैसकेको
न्युयोर्कबाट आङ कामी शेर्पा ज्युको अगुवाइमा झन्डै 4,55,000. को प्रतिबध्दता
युएस एम्बेसी काबुलमा कार्यरत मित्रहरुबाट झन्डै 1,50,000 को प्रतिबद्धता
यसप्रकार जम्मा हालसम्म रु. 11,18,778 बराबर रकम जुट्ने लगभग पक्का देखिएको छ ।
यसरी सम्पूर्ण नेपालीको सहयोग र सद्भावका कारण छिट्टै हाम्री बुहारी र नानीहरु नेपाल फर्कनेमा हामी ढुक्क छौ ।यसर्थ अब सम्पूर्ण मित्रहरुले कोही कसैलाई गालि गलौजको भाषा प्रयोग नगरी सभ्य भएर कानुन संगत, तर्कसंगत र सामाजिक तवरले छलफल र सहकार्य गरिदिनु हुन् अनुरोध गर्दछौ ।
बिभिन्न क्षेत्र बाट आआफ्नो तवरले जो-जसले काम गर्दै आए पनि हामी सबैको साझा उद्देश्य भनेको जोया जिबनको परिवार मिलन नै हो ।यसर्थ सबै एकजुट भई काम गरौ भन्ने हाम्रो मान्यता हो ।
बुहारी फर्काउ अभियानमा अहोरात्र खट्दै आएका संस्था र अभियन्ता मित्रहरु :
नेपाल मगर शंघ , नेपाल -सत्यतथ्य खोज, सार्बजनिक , न्यायिक प्रशासनिक कार्य
इग्लोबन्युज डट कम , नेपाल -जिबनको सत्यतथ्य सार्बजनिक गर्न अहम भूमिका
आङकामी शेर्पा -न्युयोर्क- जोया जिबन मिलनको मुख्य खम्बा, आर्थिक, नैतिक र प्रशासनिक कार्यमा नेतृत्वदायी भूमिका , अभियानलाई एकताबद्ध गर्न सक्रिय
कामे मगर (जिबनको मामा)-नेपाल मगर शंघ र जिबनको परिवार निकट रही जीवनलाई सार्बजनिक गर्न , प्रशासनिक , न्यायिक कार्यमा अहम भूमिका
पी शेर्पा हंगकंग -अभियानमा सक्रिय भई नैतिक र आर्थिक बल दिने अनन्य मित्र
नाम उल्लेख गर्न नचाहने मित्र -जोयालाई अनेक कस्ट सहेर पत्ता लगाई सम्पर्क स्थापित गर्ने अहम भूमिका
युवराज कुमार राई -हाम्रो अभियानमा प्रथम दाता बनी बिश्वासको बिऊ रोप्ने
जन्मजय राई - अभियान सल्लाहकार
आदर्श होमका कर्मचारी -जसबाट जोयाको फेसबुक पत्ता लगाउन सानो हिन्ट्स प्राप्त
रोहित कटुवाल , कुवेत -मुखले बोलेरै भए पनि जोया जीवनलाई सान्त्वना दिएरहने
दर्जनौ फेसबुक पेज , अनलाईन साइट, युट्युब र फाटफुटे ब्लगरहरु जसले हाम्रै समाचार , अपडेट , फोटो भिडियो कपि गरेरै पनि ब्यापक प्रचार प्रसारमा मद्दतनै पुर्याई रहेका छन् !
अन्य उलेख्य नामहरु :हाम्रो पेजमा हरदम राम्रोलाई सलाम र नराम्रो लाई सम्झाई बुझाई गरिरहने मित्रहरु अशोक थापा मकाउ , हरिश गुरुङ , देव भण्डारी , डिजोन सुब्बा, गोमु मगर , किरकिर तामांग , दुल पुन , बिर बल सांग्पांग राई, आयुष मगर , लोक गुरुङ आदि अनि लाखौ नेपाली मनहरु
हाम्रो मुख्य अभियानअब तेश्रो चरणमा प्रवेश गर्ने जमर्को गर्दैछ ।यहाँहरु सबैको साथ र सहयोग को अपेक्षा राख्दै यहाँ सम्मको सहयोग र साथको लागि लाखौ लाख धन्यवाद !
एडमिन हरु
नबिन जंग
नवांग शेर्पा
जोया थापा माइजारेस
धन्यवाद !
अहिले सम्म सहयोग प्राप्त भैसकेका दाताहरुको नामावली यस प्रकार छ :
जोयाको नाममा सहयोग :
1.Yuwaraj Rai France Euro 305.90, Phillipine Peso 15422.55.
2.Nawang Sherpa Hong Kong 500 HKD or 2760 Peso
3.Naveen Jung 5000 Peso (cancelled on 12-09-2016 as Joya can't receive due to ID problem)
4.Janma Jaya Sanpang Rai Hong Kong HKD 1000 or 5838 Peso
5.Lok Bahadur Gurung Saudi, Saudi Riyal 600 or 7001 Peso
6.Dipak Gurung Baharine, Baharini Dinar 21.83 or 2500 Peso(On Hold due to Joya's ID Problem)
7.Mr Unknown Malaysia 2000 Peso
8.Ashok Thapa Macao 5694 Peso
9.Uma Rai Hong Kong 6004 Peso
10.Kendra Kumar Rai Malaysia 4172 Peso
11.Nawang Sherpa & Friends HKD 1371 or 7850 Peso
Total 64241 Peso or 1,44,948 Rupees
जिबनको नाममा सहयोग :
1.Pancha Magar Tom Japan Rs.50,125.
2.Om Prakash Magar UK Rs 6000.
3.Kul Bahadur Aale Magar Afghanistan Rs 10,000.
4.Rajbir Bahadur Rana Magar Japan Rs. 5216
5.Jit Rai Saudi Arabia Rs. 10,013.
6.Bir Bikram Chaudhary Malaysia Rs. 5018.
7.Damber Deb Neupane Baharine Rs 10,235.
8.Buddha Lama Malaysia Rs 8082.
9.Nawang Sherpa & Friends HK - Rs 15,000 (to buy Mobile)
10.Durga Bahadur Gurung Kiran Kuwait 10,191.
11.Neruta Moktan (Dil) Tamang 9150.
12.Narendra Thapa Magar and Friends Saudi Rs. 16,353.
13.Lal Prasad Funyaal And Friends Saudi Rs. 65,490
14.Karna Bahadur Pun Malaysia Rs 2,620.
15.Chhiring Dawa Sherpa Saudi Rs. 7932.
16.Dailekhi Kancho Santosh Budha Magar Malaysia Rs. 3925
17.Mingmaar Gyalje Pakhrin Tamang Malaysia Rs. 3925
Total 2,30,275 till 12-09-2016 (Source: Joya नेपालकी बुहारी )


0 comments
Write Down Your Responses