नबिना लामा विरुद्ध किन खनियो उनकै समुदाय ? ढाकाको गलबन्दी माथि ...? हेर्नुहोस्.. पुरा समाचार ..

कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने साझा सवालको ४४४ औ अंकमा 'तीस' बर्ष भन्दा मुनिका युवा युवतीहरुलाई लक्षित गरी 'आजका युवाले राज्य र समाज बाट के अपेक्षा गरेका छ्न त' भनेर युवाको धारणा बुझ्न कार्यक्रम संचालन गरिPको थियो। दर्जनौं  युवाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा  सहभागी थिईन  गायिका समृद्धि राई।

कार्यक्रममा बोल्दै गर्दा समृद्धि राईले भनिन 'फूपूले हुर्केर ठुली भएपछि राई लिम्बू केटा संगै बिहे गर्नुपर्छ भनेकि थिइन। मैले सिमित यौटा जातिमा गासिन चाहिन। राई लिम्बु केटानै हेर्न मन लागेन'

राइले भन्न खोजेको कुरा प्रस्ट थियो। कि उनी राई लिम्बु भन्दा पहिले नेपाली हुन र उनी पहिले नेपाली भनेर चिनिन चाहान्छिन। समृद्धि राई यौटा सिमित समुदायमा मात्र नभै सबै नेपालीको प्यारो बन्न चाहेको कुरा  केही राई लिम्बू समुदाय भित्रैका बुद्धिजिबि हरुले बुझेका पनि थिए र उनको त्यो भनाई प्रति बिमती जनाएका थिएनन। तर उनसकै समुदायबाट बिरोध गर्नेहरुको समुह बढेर आयो।

आफ्नो पहिचानको माग गरिरहेका  उनकै समुदायको भिडले  आफ्नै समुदायकि  एक चेली लाई यति सम्म गाली गरेकी अन्तमा त्यो गाली र संकीर्ण सोचको अगाडि राइले समाजिक सन्जालमा आँसुका धारा बगाउदै माफी माग्न बिवस भईन।
फेरी साेहिखालको घटना दाेहाेरिएकाे छ अनेरास्ववियुकि नेतृ 'नबिना लामामाथी।
किन?

'बागलुङको' एक तिजको कार्यक्रममा सहभागी हुदा लगाएको ढाकाको  कपडा  प्रयोगको बिषयलाई लिएर उनलाई आफ्नै  समुदाएका सयौ मानिसहरुले आफ्नो पहिचान त्यागेर बाहुन समुदायको लगाउने ढाकाको लुगा किन लगाईस? भनेर  तथानाम गाली गरेका रहेछ्न।

नबिना लामाले फेसबुकमा अपलोड गरेको उक्त तस्बिरमा उनलाई यति अपाच्य शब्दहरु प्रयोग गरीएको छ कि कमेन्टहरु पढ्दै जादा ती आफुलाई खुल्ला हृदयका अनि सबैको पहिचानको रक्षा हुनु पर्छ भन्दै कुर्लनेहरुको  सोचाईको स्तर र  अनुहार देखेर म आफै लज्जित भए। 

अझ भनौ  पहिचान पहिचानको थोत्रा गफ ठोकेर बिदेशी सुट पाईन्ट अनि टाईमा ठाटियर पहिचानको गफ हाक्ने मित्रहरुले आफ्नै समुदायकि एक ससक्त जुझारु महिला प्रती गरेको व्यबहार देखेर  मलाई हाम्रो समाजमा सोचाईको स्तर कुन सताब्दीमा होला भन्न् कुराले मनलाइ उद्द्लित गरायो।

मलाई ती तमाम पहिचानको गफ  हाकेर आफुलाई ठुलै बुद्धिजिबि सम्झनेहरुलाई   सोध्न  मन लागेको छ  'के साच्चै  तपाईंहरुलाई राज्यले अनि तपाईंहरुले भन्दै आउनुभएको बाहुन बादिहरुले गर्दानै  पछडि पर्नु भयको हो? कि तपाईंहरुको सोचाईको सोचाईको  स्तरले?'

यौटा पश्चिमको बाहुन समुदायको नेताले पुर्बको कुनै  जिल्लामा गएर अन्य जातीको पहिरन लगाएर भाषण गर्दै गरेको फोटो अथवा भिडियो हेरेर कुनै बाहुन जातीको  जनताले   अरु जातीको लुगा किन लगाईस? भनेर तपाईंहरुले जस्तै अपसब्द प्रयोग गर्दै तथानाम गालीगरेको देख्नु भयको छ?

यौटा मुस्लिम समुदायको मानिसले नेपाली ढाकाको टोपी लगायर  कुनै हिन्दु अथव अन्य धर्मावलम्बीको कार्यक्रममा सरिक हुदा ती मुस्लिम समुदायका मानिसहरुले उन्को पुत्ला दहन गरेको देख्नु भयको छ? देख्नु भएको छैन भने अब एक पटक आफुले आफैलाई एनामा गएर  आफ्नो अनुहार हेर्दै आफ्नो मनलाई सोध्नुस  'सिङ्गो देशको युवा बिध्यार्थीको नेतृत्व गरिरहेकी मेरै समुदायकि चेली लाई मैले किन गाली गरीरहेको छु?'

के नबिना लामा यौटा जातीको मात्र नेता हो? के नबिना लामालाई उन्कै समुदायको पहिचानको मात्र  रक्षा गर्नकै लागि भनेर देश भरका लाखौ बाहुन, क्षेत्री, दलित, जनजाति बिध्यार्थी  मिलेर अखिलको प्रमुख बनायका हुन? 
नबिना लामाले लगाएको त्यो ढाकाको खादा  तपाईंहरुले भन्ने गरेको बाहुन जातीको रास्ट्रिय  कपडा नै  हो  त? आफ्नो पहिचान खोज्दै गर्दा देशको पहिचान के त? भनेर कहिले चासो देखायौ हामिले? 

तपाईं हामि प्रदेशमा हुदा आफुलाई  बाहुन, राई,  लिम्बु,  छेत्री  भनेर चिनाउछौ  या नेपाली भनेर?  अन्य मुलुकको मानिसहरु हाम्रो  जात संग नजिकिन खोज्छ कि 'नेपाल' नाम गरेको  देश संग? अब भन्नुस  तपाईं आफ्नो हृदयमा आफ्नो देशको पहिचानलाई प्राथमिकतामा राख्नु हुन्छ या आफ्नो जाती र समुदायलाई?
बल्ल तल्ल लाखै विद्यार्थीहरुबाट  बहुमतले चुनियर  अनेरास्ववियुको अध्यक्ष बनेकि तामाङ समुदायकि एक संभावना बोकेकि उदाउँदो महिला नेतृलाई अपशब्द र गाली गलौज गरेर उनको साख गिराउन कोसिस गर्दैमा के हजारौ  बर्ष देखि उत्पीडित भनिर  नारा लगाउदै आउनु भएका तपाईं  तामाङहरुको आन्दोलनले उचाई प्राप्त गर्छ?

राज्यबाट हामी उत्पिडन मा पर्यौ पनि भन्ने अनि तिनै उत्पिडन मा परिएको  भन्ने गरेको तपाईं आफ्नै समुदाय भित्रकि चेली आज राज्यको नेतृत्व तहको भर्याङ मा उक्लदै गर्दा तपाईंहरुले नै  यसरी समाजिक संजालमा अस्लिल रुवाईका शब्दहरुले गाली गरिरहदा कसरी अनि कस्ले दिलाई दिन्छ तपाईंहरुको पहिचान?
लाखौ युवाको मतले आज उच्च पदमा पुगेकी आफ्नै समुदायकि एक शसक्त  महिला  तपाईंहरुले नै लेखेका अपहेलित शब्द पढ्न अनि सुन्न बाध्य हुन्छिन भने  अन्य समुदायले तपाईं अनि तपाईंको समुदायलाई कुन नजरले हेर्लान?

एउटी  महिला नेत्री माथी सामाजिक संजालमा अपशब्द बोलेर तपाईहरु कस्तो जातीय पहिचान स्थापित गर्ने कोशिस गर्दै हुनुहुन्छ? नबिना लामा लगाएतको जनजाती आदिबासी नेताहरुले सदैव जातीय भेषभुषा र आफ्नो समुदायमा मात्र राजनितीक गतिविधि सिमित गरेर देशको नेतृत्व गर्न सक्षम हुने संभावना छ?

एक पटक चिन्तन गरौ मित्रहरु, आबेशमा जे पायो त्येही बोल्दैमा क्रान्ती हुदैन, पहिचान प्राप्त हुदैन, यो स-स्यानो कुराहरुमा अल्झिएर बल्ल तल्ल नेतृत्व बिकासगर्दै  आफ्नै समुदायकि आदिबासी नेता अथवा अन्य कोहिलाई हतोत्साहित गर्ने काम नगर्नुस, जिम्मेवार  बन्न सिकौ। सोच बदलौ । जब सम्म हामिले सकारात्मक सोचको बिकास गर्न सक्दैनौ तब सम्म न हाम्रो  समाज सुध्रने छ न त देश नै अगाडि बढ्ने छ। Source: Setopati.com

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.