६ पृष्ठ लामो सुसाइड नोट लेखेर विष पिइन् यी गायिकाले (नोटसहित).. हेर्नुहोस्..

हरियाणा (भारत) । ३६ जातिमा आधारित हरियाणी गीत (बिगड़ग्या)लाई लिएर विवादमा आएकी गायिका तथा डान्सर सपना चौधरीले आइतबार आत्महत्याको प्रयास गरिन् । आत्महत्याका लागि विष पिउनु अघि उनले छ पेज लामो सुसाइड नोट लेखेकी थिइन् ।

उनी अहिले अस्पतालको शैयामा जीवन र मृत्युको बीचमा लडिरहेकी छन् । समयमै अस्पताल पुर्‍याइए पनि उनको स्वास्थ्यमा अझै सुधार आउन सकेको छैन ।
‘म सपना चौधरी, हरियाणवी रागनी गायिका तथा डान्सर । आज जानबुझ र पूरै होश हवासमा म आफ्नो जिन्दगी अन्त्य गर्न जाँदैछु, जसलाई आमभाषामा आत्महत्या भन्छन् ।

मेरो आत्महत्याको कारण गुडगाउँस्थित खाण्डसा निवासी नवाब सतपाल तन्वर हो । फेब्रुअरी महिनामा मैले चक्करपुर गाउँमा एक  ३६ जातकी रागनी गाएको थिएँ, जुन त्यहाँको मानिसको फर्माइश थियो ।

यसअघि म भन्दा चर्चित र ठूला गायकहरुले पनि यसलाई स्टेजमा गाएका थिए, जसको रेकर्डिङसमेत मेरी आमाले गुडगाउँ पुलिसलाई दिएकी छन् । चर्चित गायकहरुको रागनी सुनेर मैले पनि लेखेँ, अनि गाएँ ।

म कलाकार हुँ । मलाई थाहा थिएन कि जातिवाद झल्काउने शब्द प्रयोग गर्नु अपराध हो । यदि अग्रज गायकहरुमाथि यही शब्द प्रयोग गरेबापत कारबाही भएको भए म पनि गाउन्न थिएँ ।

जब उनीहरु माथि कुनै मुद्दा परेन भने म माथि मात्रै किन ? मेरो रागनी सुनेपछि सतपाल तन्वरले एससी-एसटी कानुनअन्तर्गत मुद्दा दर्ता गर्‍यो । मैले त्यस गीतका लागि सोशल मिडिया र अखबारमार्फत माफी पनि मागेँ । धेरैले मलाई माफ गरिदिए । तर, त्यो मान्छेले मलाई माफ गर्नु त परको कुरा मेरो चरित्रको प्रसंग उठाएर गलत-गलत कुरा बदनामी गर्न थाल्यो । आफ्नो फेसबुक आइडीमा मेरो नाममा अश्लिल शब्द पनि लेख्यो । ‘यो वेश्या हो । यसको लागि त पाकिस्तानजस्तो ठाउँ ठिक छ । यसले हरियाणाको बदनाम गरी … आदि ।’

जुलाई १४ मा रिट दायर भयो । त्यस दिनदेखि आजसम्म मेरी आमा मेरा लागि दैनिक पुलिस चौकी धाउँदै आएकी छन् । कहिले एसएचओ, कहिले मन्त्री, कहिले एसीपी तथा कहिले सीपीको ढोका ढक्ढक्याइन् । तर, कसैले सुनेन ।

यसैक्रममा आज मैले फेसबुकमा एक पेज देखेँ । जसमा लेखिएको थियो, ‘सपना चौधरीको धम्की: नेता तथा अधिकारीहरुलाई नङ्ग्याउँछु ।’

यसमा केही यस्ता कुराहरु पनि लेखिएको थियो, जसका कारण म एकदमै टुटेँ । ति शब्दहरुले मेरा आत्मलाई मारिदिएको छ । बाँच्ने उम्मिद पनि सकियो । यसमा लेखिएको थियो, ‘ठूला अधिकारीहरु मेरो शरीरसँग खेल्दै आएका छन् । मैले मन्त्री तथा अधिकारीहरुलाई राती ओछ्यानमा खुसी राखेको छु….., आदि ।’


म जे पनि गरिरहेकी छु, आफ्नै मर्जीले गरिरहेकी छु । म आफ्नो आमा, भाइ र बहिनीसँग माफी माग्न चाहन्छु । मलाई मनपराउने माया गर्ने हरियाणा तथा दिल्लीका सम्पूर्णलाई आखिरी राम-राम ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.