-निखिलले प्रियंका संग गरिन् तेस्रो बिबाह ! हेर्नुहोस्.. (भिडियो सहित )..

हो सहि पढ्नु भयो, नायक निखिल उप्रेतीले फेरी विवाह गरेका छन् । तर रियल लाइफमा होइन रिल लाइफमा । हाल छायाँकन भइरहेको चलचित्र ‘राधे’ मा नायिका प्रियंका कार्कीसँग नायक निखिल उप्रेतीले विवाह गरेका हुन् । पहिलो पटक नायक निखिल उप्रेतीसँग चलचित्र ‘राधे’ मार्फत स्क्रिन शेयर गरेकी नायिका प्रियंका कार्की आफु निखिल उप्रेतीको दुलही बन्न पाउँदा खुसी महशुस गरेको बताइन ।

 प्रियंकाले आफ्नो आधिकारीक फेसबुकमार्फत निखिल बेहुला र आफु बेहुली भएको तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा दुवै निकै हँसिलो मुहारमा देखिएका छन् । तस्बिरमा रातो साडीमा सजिएकी प्रियंकाको सिउँदोमा सिन्दुर, गलामा दुवोको माला देखिएको छ भने निखिल उप्रेतीले शिरमा ढाका टोपी र गलामा दुवोको माला लगाएका छन् । चलचित्रमा नायिका अशिष्मा नकर्मीको पनि मुख्य भुमिका रहेको छ । 

जगदिश्वर थापाको लेखन र निर्देशन रहेको चलचित्र ‘राधे’ प्रेम र एक्शनमा आधारित रहेको छ । चलचित्रलाई शुशिल पोख्रेलले निर्माण गरेका हुन् । हाल चलचित्रको छायाँकन पाल्पामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.