-प्रत्येक दिन अन्डा खान्छन् साहरुख.. आँखिर किन ? जानी राखौ .. हेर्नुहोस्..

बलिउड अभिनेता साहरुख खान हजारौं प्रशंसकका धड्कन मात्र होइनन्, उनको आकर्षक जिउडालबारे सयौँले समयसमयमा चासो पनि दिइरहेका हुन्छन् । ५१ वर्षको भइसक्दा पनि साहरुखको ‘करिश्मा’ लोभलाग्दो छ ।

आफूलाई फिट बनाउन साहरुख खानले दैनिक रुपमा घन्टौं एक्सरसाइजमा बिताउँछन् । तर, शारीरिक अभ्यासमात्र पनि उनको फिटनेसको ‘राज’ होइन ।

यसका लागि उनले खानामा पनि अत्यन्त धेरै सचेत छन् । उनी अत्यन्त कडा ‘डाइट प्लान’मा चल्छन् । साहरुखको दैनिक खाना पनि फरक छ । तर, त्यसमा एउटै समानता छ– अन्डा । साहरुख प्रत्येक दिन विहान ‘ब्रेकफास्ट’मा अन्डा खान्छन् । त्यो पनि उसिनेको अन्डा । तर, त्यसरी अन्डा खाँदा उनी पहेँलो भाग चाहिँ फाल्छन् । अन्डासँगै साहरुख सुन्तलाको जुस पनि पिउँछन् ।

खानुहोस् उसिनेको अन्डा, हुन्छन् धेरै फाइदा
पछिल्ला केही वर्ष यता नेपाली भान्सामा पनि अन्डा लगभग दैनिक पाक्ने गरेको छ । ब्रेकफास्टमा त अन्डा नछुटाउने धेरै भइसकेका छन् । तर, अन्डा खाने तरिका भने फरकफरक छन् । कतिले अन्डालाई फ्राइ गरेर अम्लेट बनाएर खान्छन् त कतिले उसिनेको अन्डा प्रिफर गर्छन् । तर, पछिल्लो समय गरिएका अनुसन्धानले फ्राइ गरेर भन्दा अन्डा उसिनेर खानु स्वास्थ्यकर हुने पत्ता लगाएका छन् । दैनिक दुई वटा अन्डा उसिनेर खाँदा हुने फाइदाबारे विभिन्न अनुसन्धानले पत्ता लगाएका छन्:

उसिनेको अन्डामा भिटामिन बी–१२ तथा कोलिन हुन्छ । यी दुवैले स्मरण शक्ति बढाउन ठूलो सहयोग पु-याउँछ । त्यसैले दैनिक अन्डा खाने मान्छेको स्मरण शक्ति बलियो हुने अनुसन्धानमा पत्ता लागेको छ ।

कपाल झरेर हैरान भएकालाई पनि उसिनेको अन्डाले धेरै फाइदा पु-याउँछ । उसिनेको अन्डामा ल्युटिनको मात्रा अधिक हुने भएकाले कपाल झर्ने समस्या हुनेले यसको सेवन गर्नु राम्रो हुने अनुसन्धानकर्ताले जनाएका छन् ।
सुख्खा छाला भएकालाई पनि उसिनेको अन्डा फाइदाजनक हुन्छ । उसिनेको अन्डामा बायोटिन हुने भएकाले यसले छालालाई नरम र चम्किलो बनाउँछ ।

एनिमियाबाट कसैलाई समस्या भएको छ भने पनि उसिनेको अन्डा सेवन गर्दा धेरै फाइदा पुग्छ । उसिनेको अन्डामा पर्याप्त मात्रामा आइरन पाइने भएकाले रक्तअल्पताको समस्या भएकालाई उसिनेको अन्डा खाने सल्लाह चिकित्सक दिन्छन् ।

हाडजोर्नीमा समस्या भएकालाई पनि उसिनेको अन्डा फाइदाजनक हुन्छ । भिटामिन डिको मात्रा पर्याप्त हुने भएकाले उसिनेको अन्डाले जोर्नीको दुखाइलाई घटाउँछ ।

अन्डामा फोस्फोरसको मात्रा पनि अधिक हुन्छ । यसले दाँत र हड्डीलाई बलियो बनाउना सहयोग गर्छ ।
अन्डामा भिटामिन ए पनि पाइन्छ । भिटामिन ए पर्याप्तमात्रामा भएकाले उसिनेको अन्डा सेवन गर्नाले आँखाको समस्या भएकालाई पनि धेरै फाइदा पुग्छ । यसले आँखालाई तेजिलो पनि बनाउँछ ।

उसिनेको अन्डामा फोलिक एसिड पनि पर्याप्त मात्रामा पाइनछ । फोलिक एसिडले क्यान्सरबाट बच्न सहयोग पु¥याउँछ । त्यसैले, उसिनेको अन्डालाई दैनिक प्रयोग गर्न सुझाइन्छ ।

उसिनेको अन्डाले मस्तिष्कघात तथा हृदयघात हुने सम्भावनालाई पनि न्यूनीकरण गर्छ ।
पर्याप्तमात्रामा एमिनो एसिड पाइने भएकाले उसिनेको अन्डाले ‘स्टामिना’ बढाउन पनि सहयोग गर्छ ।नयाँ पत्रिकाले खबर छापेको छ ।

.

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.