९ सय भारतीयलाई पछि पार्दै नेपालकी ११ वर्षीय दिया उत्कृष्ट टप टेनमा.. हेर्नुहोस्.( सुपर डान्सर ) भिडियो सहित
युएई । युएईको सारजाहमा अध्ययनरत नेपाली बालिका दिया कुँवर जिसिसी सुपर डान्सरको फाइनलमा प्रवेस गरेकी छन्। भारतीय टेलिभिजन सोनी च्यानलले दुबईमा आयोजना गरेको जिसिसी सुपर डान्सर प्रतियोगितामा नेपाली ११ वर्षीय दिया उत्कृष्ट १० मा छनोट भएकी हुन्। खाडीका ६ देशहरु कुवेत, साउदी, कतार, ओमान, बहराइन र युएईमा रहेका झन्डै ९ सय भारतीय बालबालीकालाई पछि पार्दै दिया फाइनलमा पुगेकी हुन्।
प्रतियोगिताको ग्र्याण्ड फाइनल आउँदो १८ नोभेम्बरमा दुबईको ग्लोबल भिलेजमा जारी ग्लोबल प्रदर्शनी स्थलमा हुँनेछ। प्रतियोगीताबाट उत्कृष्ट जिसिसी डान्सरको उपाधीका लागि ९ नोभेम्बर बुधबारदेखि मोबाइल एसएमएस मार्फत भोटिङ खुला गरिएको आयोजकले जनाएको छ। एउटा मोबाइल नम्बरबाट दैनिक जती पटक सकिन्छ त्यती नै पटक भोट गर्न सकिन्छ। त्यसका लागि युएईमा रहेका नेपाली तथा अन्यले पनि भोट गर्न पाउने छन्। दियालाई भोट गरेर जिताउनका लागि मोबाइलको म्यासेज बक्समा गई <SD> लेखेर स्पेस दिई <१९> लेख्ने र ४३५९ मा पठाउनु पर्ने छ।
दियाले औपचारिक रुपमा कुनै तालिम नलिए पनि युटुब र टेलिभिजन हेरेरै अभ्यास गरिरहेकी छन्। उनलाई आमा पूजाले कोरियोग्राफीमा सहयोग गर्ने गरेकी छिन । उनी भक्तपुर दुवाकोट घरभई गएको ४ बर्ष यता युएईमा अध्ययनरत छिन


0 comments
Write Down Your Responses