+++१८ दिनको छोरी बिक्री गरेर अाइफाेन किनियाे++++

आकर्षक आईफोन र मोटरसाईकलको लागि तपाईँ के के सम्म गर्न सक्नुहुन्छ ? चीनमा एउटा यस्तो जाेडी भेटियो जसले आईफोन र मोटरसाईकल खरिद गर्नका लागि आफ्नै छोरी बिक्री गरे । चीनको फुजियन प्रान्तस्थित तोन्गानका जोडी ए डुईन र जिआयो मेईले आईफोन र बाइक किन्नका लागि आफ्नै छोरी बिक्री गरेको तथ्य खुलासा भएको छ । पिपल्स डेली अनलाईनका अनुसार उनीहरुले आफ्नै १८ दिनको छोरीलाई २ हजार ५ सय पाउन्ड स्ट्रलिङमा बिक्री गरेका थिए । यो रकम २३ हजार चिनिया यान बराबर हो । डुईन जोडीले एक सामाजिक सन्जाल क्यू क्यू को माध्यमबाट आफ्नी छोरी बिक्री गरेको खुल्न आएको छ । स्थानीय समाचार अनुसार उनीहरु जम्मा १९ वर्षका मात्र छन् । जिआयोले दैनिकी चलाउन विभिन्न स्थानमा पार्ट टाईम काम गर्दैआएकी छिन् भने डुईनको पनि आकर्षक आम्दानी छैन । प्रहरीको अनुसन्धान अनुसार उनीहरुको चाहना बिपरित छोरी जन्मिएकै बेला बालबालिका किन्ने गिरोहले प्रस्ताव गरेपछि सामाजिक सन्जालको माध्यमबाट छोरी बिक्री गरेका हुन् । यस्तो घटनापछि प्रहरीले उनीहरु दुवै लाई पक्राउ गरिसकेको छ । बिक्री गरिएकी बालिकाका बावुलाई ३ वर्षको जेल सजाय सुनाइएको छ भने आमालाई भने २ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ । चीनमा पछिल्लो समय अनलाईनको माध्यमबाट बालबालिका बेचबिखनको काममा सामाजिक सन्जालहरु सक्रिय बनेका छ

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.