~मतगणनास्थलमा मत गन्दा गन्दै कर्मचारी सुतेर मोवाइल चलाएको तस्विर बन्यो भाइरल,,,,,,,

काठमाडौँ । स्थानीय तहको दोस्रो चरणमा असार १४ गते ३३४ स्थानीय तहका लागि भएको निर्वाचनको अन्तिम परिणाम प्राप्त हुने क्रम जारी रहेका बेला प्यूठान नगरपालिकामा चरम लापरवाही भएको तथ्य बाहिर आएको छ ।
मतगणना स्थलमा गरिएका अनेक क्रियाकलापको फोटोहरु सामाजिक सञ्जालमा भाईरल बनेका बेला उक्त मत गणना गर्ने क्रममा कर्मचारी सुतेर मोवाइल चलाइरहेको देख्न सकिन्छ ।
प्यूठान नगरपालिकाको मत गन्दा गन्दैको यो तस्बिर पत्रकार राम बहादुर बिकले खिचेर फेसबुकमा राखेका थिए यो फोटो फेसबुकमा अपलोड गरिएको जिल्लामा अन्यले पनि फोटो सेयर गर्दै मतगणनाको टिप्पणी गरेका छन् ।
यो नगरपालिकामा अन्य गाउँ तथा नगरपालिका भन्दा सुस्त गतिमा मतगणना भइरहेको भन्दै आलोचना समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.