++आजको राशिफल – बि.स.२०७४ आषाढ२५ गते । आईतबार । ईश्वी सन् २०१७ जुलाई ०९ तारिख । नेपाल सम्बत् १९३७ ।
बि.स.२०७४ आषाढ २५ गते । आईतबार । ईश्वी सन् २०१७ जुलाई ०९ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । आषाड शुक्ल पक्ष । तिथि पूर्णिमा, ०९ घडी ३० पला, बिहान ९ बजेर ०४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र पूर्वाषाडा २९ घडी २८ पला, बेलुका ५ बजेर ०३ मिनेट उप्रान्त । योग ऐन्द्र १६ घडि ७ पला,बिहान ११ बजेर ४३ मिनेट उप्रान्त वैधृति । करण वव, बिहान ९ बजेर ०४ मिनेट उप्रान्त वालव, बेलुका ९ बजेर ५१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा शुभ योग । चन्द्रराशि धनु बेलुका ११ बजेर ३६ मिनेट उप्रान्त मकर । गूरुपूर्णिमा । दक्षिणामुर्ति पूजा । मन्वादि । दिला पुन्हि । मानस व्रत प्रारम्भ । भक्तपुरमा वीरनदी स्नान । मुक्तिनाथ यार्तौङ ।(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रो काम गर्न सकिने हुँनाले तपाईको काम देखि सबै प्रशन्न हुँनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुँनेछ । पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुँने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुँनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुँनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) माया प्रेममा सामिप्यता बढेर जानुका साथै भौतिक सम्पति तथा सवारि साधन प्राप्तिका गतिलोे योग रहेको छ । संकट ब्याबस्थापनका लागि चालिएका कदमबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । शिक्षित तथा बौद्धिक ब्याक्तित्वहरु सँग सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुँनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनिको माध्याम बाट काम बन्नेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुँनेछ । नसोचेका भन सम्पति उपभोग गर्न पाईने हुँनाले मन रमाउँनेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई पछाडि पारि अगाडि बढ्ने समय रहेको छ । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको दृष्य अवलोकन गर्न अवसर प्राप्त हुँनेछ । आफन्त तथा साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) छिमेकिहरुले गलत सुचना प्रबाह गरि तपाईको घर परिवारमा झगडा गराउँन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । मुद्धा तथा मामिलामा आज सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुँनेछन् । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुँनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुँनाले कुनै कुराको आस गर्नु गलत हुँनेछ । घर परिवारमा आफन्तबिच मनमुटाव सिर्जना हुँनेछ भने माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले आज साथ नदिन सक्छ । सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुँनेछ । चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने प्रशस्त सम्भावना रहेकोछ । बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । बैक तथा शेयर बजारमा जस्ता क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ । कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) आधुनिक कृषि तथा पशुपालन व्यावसाय अबलम्बन गर्ने किसानहरुले व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सक्नेछन् भने व्यावसायमा राम्रो प्रगति हँुन गई आर्थिक सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबारबाट प्रशस्त नाफाँ कमाउँन सकिनेछ । साथिभाई तथा ईष्टमित्रहरुको हरेक पाईलामा सहयोग तथा समर्थन रहनेछ । पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । तर्कपुर्ण तथा शाहशिक बोलिको प्रभावले प्रभावशालि ब्याक्तित्वहरुलाई सजिलै बसमा पार्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिश्पर्धिहरुलाई पन्छाउदै अगाडि बढ्न सकिनेछ । तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) आन्तरिक यात्राको तय हुँनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा शैक्षिक क्षेत्रमा गरिएको लगानि जोगाउँन मुस्किल हुँनेछ । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुँनेछ । आफन्त,छिमेकि,दाजुभाई सँग कुनै काम नगर्नुहोला काममा धोका तथा बिश्वासघात हुँनेछ । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । खानपानमा तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ । सामाजिक सञ्जाल तथा मिडियाको फेस गर्दा ध्यान दिनुहोला गलत सुचना बाहिरिन सक्छन् । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुँन सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । ईष्टमित्र तथा आफन्तहरु तपाईको स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुँनेछ । साथिभाई सँग बढिनै रमाईलो गर्न खोज्दा गलत परिणम आउँन पनि सक्छ ख्याल गर्नुहोला । घर परिवार तथा आफन्तसँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुँने हुँनाले मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन रमाउँनुको साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । राजनितिक सभा समारोहमा जमघट भई आफ्नो भनाईहरु जनमानसमा राख्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिदेसि सामान तथा रुपैया पैसा हातलागि हुँने योग रहेको छ । सरकारि तथा गैर सरकारि सस्थामा नोकरि तथा पदोन्नति हुँने गतिलो सम्भावना रहेको छ । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने प्रतिश्पर्धिहरु हार खानेछन् । खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुँने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन । व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउने छन् । कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुँनेछ ख्याल गर्नुहोला । आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ भने मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुँने हुँनाले समयमा काम सकाउँन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुँने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउँन सक्छन् । मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ । अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरु बाट आलोचनाको शिकार होईनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै संघर्ष गर्नुपर्नेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुँनेछ ।


0 comments
Write Down Your Responses