राजतन्त्रसंग देशको विषम राजनैतिक परिस्थितिसंग जुध्न सक्ने अद्भुत परिपक्कता थियो
–भिम खनाल लाेकतन्त्रमा लुकाईएकाे सत्य: २०६२/ ०६३ काे जनअान्दाेलनले राजतन्त्रकाे जरो किलो उखलेर मिल्काईदियाे र देशमा लाेकतान्त्रिक राज्य ब्यबस्थाकाे शुरुवात भयाे , देश बास्तबमै लाेकतान्त्रिक राज्य ब्याबस्थामै अाधारित छ या हामी काला पहाडका कुल्ली जस्ता राज्यका दु:खी प्राणीहरुलाई भ्रम पिटिएकाे छ जुन समयले कुनै युगमा अबस्य हिसाब गर्ने नै छ , यधपी एकातिर परम्परालाई लागेकाे चाेटले राज्य सत्ता हल्लिएकाे छ भने अर्काेतर्फ राजनैतिक चतुरेहरु सस्वार्थ का लागि सिङ्गाे राज्य नै हल्लाईरहेका छन | हामीले हाम्रा पुर्खाहरुकाे त्याग तपस्या र साहसलाई लत्याएकै हाे जुन सत्य स्विकार्नै पर्छ किनकी हामीलाई वास्तविकता लुकाएर भ्रमकाे प्रचार गरियाे र मानबिय कमजाेरीहरुकाे फाईदा उठाइयाे अाज लाेकतन्त्र अागमन पछीका झण्डै १५ बर्ष वास्तविक धरातलबाट केलाएर हेर्दा लाेकतान्त्रिक यात्रामा जकडिएकाे भ्रष्ट लथालिङ्ग राज्यकाे नीति हेर्दा निसङ्काेच भन्न सकिन्छ लाेकतान्त्रिक पद्दतिमा ब्याक्तिगत स्वार्थ त्यागेर सभ्य समाज निर्माणका लागि राजनिति गर्नेहरु जुन अपबादकाे रुपमा भेटिने रहेछन | लाेकतन्त्रकाे उदेस्य उद्देश्य राष्ट्रिय एकता र सद्भावलाई बिथाेलेर हुदाखादाकाे मुलुक लथालिङ्ग बनाउनु अबस्य थिएन | मुलुक कुनै रद्दिकाे टाेकरीमा मिल्काईएकाे फाेहाेरकाे थुप्राे थिएन | भैदियाे के भने राजनैतिक दल र दलका नेताहरु अाअाफ्नै ब्याक्तिगत स्वार्थ्यका लागि लाेकतन्त्रलाई केबल सत्तामा हाम फाल्ने साधनकाे रुपमा देख्न थाले जहाँ राज्यका लागि त्याग तपस्या र याेगदान गर्न अाबस्यक ठानिएन सम्पुर्ण राज्यकाे क्षेत्रफल र उक्त क्षेत्रफल भित्रका नागरिक राज्यका वास्तविक सत्य हुन भन्ने तथ्य समेत लाेकतन्त्रमा लत्याईयाे राष्ट्रिय एकता र सद्भावका लागि अाफ्नाे पुर्ण शक्ति खर्चिन चाहेनन | बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माफिया खुफियाहरुकाे सङ्लग्नतामा गठित बिखण्डनबादी तथा बिकेन्द्रित शक्तिहरुलाई तत्काल नियन्त्रमा लिन अाबस्यक ठानिएन उल्टै ती शक्तिहरुलाई सत्तामा हाम फाल्ने साधनकाे रुपमा प्रयाेग गर्न थालियाे फलस्वरुप राज्यकाे एकतामाथि प्रहार गर्ने जातियता क्षेत्रियता जस्ताे गम्भीर नश्लिय राजनिति प्रभाब बढ्दै गयाे विभिन्न आइएनजिओद्वारा निर्माण गरिएका नीतिहरुलाई राजनैतिककरण गरि राज्यकाे नितिकाे रुपमा व्याख्या गरियाे | लाेकतन्त्र निश्चय नै राज्यकाे परिस्थिति भन्दा फरक बिषय थियाे लाेकतन्त्रलाई बलियाे बनाई राख्न राजनैतिक परम्परा बदल्न पर्थ्याै अफसाेच लाेकतन्त्रले सिर्फ श्रीपेच बदल्याै उच्च शासक बर्गकाे साेच बदल्न सकेन फलस्वरुप कुनै राजनैतिक परम्परा स्थापित हुन सकेन ,नत राष्ट्रवादकाे अाधुनिक सिद्दान्त नै बिकशित भैदियाे | लाेकतन्त्रलाई सुनिश्चित नगरी राष्ट्रियतालाई बलियाे बनाउने बिषय केबल हास्यास्पद मात्र थिएन दलहरुकाे राज्यप्रतिकाे लाचारिपन थियाे | विभिन्न जातिय ,भाषिक ,धार्मिक लिङ्ग लगायतलाई अापसी सद्भावद्वारा एकीकरण गरि बलियाे बनाईराख्नुकाे साटाे स्वार्थ्यका लागि जातिय तथा धार्मिक राजनितिकाे सुरुवात लाेकतन्त्रमा गरियाे जहाँ राष्ट्रियताको मुल अाधार जातिय तथा धार्मिक एकता थियाे । बास्तबमै लाेकतान्त्रिक अस्तित्वले एउटा बलियाे र याेग्य शासककाे अपेक्षा राख्दछ यद्दपि हाम्रो लाेकतन्त्रले मुलुकमा यस्ता निरीह शासकहरु जन्मायो जहाँ शक्ति सत्ता र अर्थका लागि जस्ताे सुकै राष्ट्रघाती सम्झाैतामा ल्याप्चे ठाेक्न कति पनि हिचकिच्याउदैनन | जातिय तथा धार्मिक एकताकाे अभाबमा लाेकतन्त्रमा पृथकतावादी भावनाहरु सलबलाउन थाले जुन राजनिति गर्नेहरुका लागि क्षमा गर्नै नसकिने अपराध मानिन्छ । बास्तबमा लाेकतन्त्र नामक जुन प्रणाली स्थापित भयाे जुन पश्चिमाहरुकाे भ्रमगामी रुप थियाे त्याग तपस्या र बलिदानी केबल साधन बन्यो , लाेकतन्त्रका अाधुनिक पण्डितहरु अाफ्ना नागरिककाे माग माथि घाेत्लिन सकेनन नत समयकाे माग नै अात्मसाथ गरे यद्दपि राष्ट्र र राष्ट्रियता माथि भकुण्डाे खेल्न अधिक सक्रिय रहे | यसकारण लाेकतन्त्रमा राजनैतिक बेमानी ले यस्ताे चरम सिमा नाघिसक्याै जसकाे टुप्पाेबाट नियाल्दा बाकि जीवन केबल अन्धकार मात्र देखिन्छ राजनैतिक रुपमा देखा पर्ने झिना मसिना समस्या समाधानका लागि लाेकतन्त्रमा बहुमतकाे कदर हुदैन केवल राजनैतिक स्वार्थ्य हेरिन्छ | शासन प्रणालीमा जति पटक पटक सत्ता परिबर्तन हुन्छ राज्यका लागि अति घातक हुन्छ जसका कारण राज्यले कुनै निश्चित नीति अबलम्बन गर्न सकिरहेकाे छैन , सङ्कट समाधानका लागि अनेक कठिनाई उत्पन्न भईरहेकाे तथ्य जुन हाम्रा अगाडि प्रस्ट छ लाेकतन्त्रमा राजनिति गर्नेहरु जुन माेर्चाबन्दीकाे बिकास गरेका छन जुन माेर्चाबन्दीले कुनै पनि शासक निश्चित नितिमा अडिक रहन सकिरहेकाे छैन | यदि कुनै शासकले नीति तथा सुधार तर्फ अग्रसर रहेमा त्याे शासक बिरुद्द माेर्चाबन्दी र अफवाह फैलाएर १० हात गाडिदिने जुन राजनैतिक अादर्श नै बनिसक्याै लाेकतन्त्रमा राज्यकाे जिम्मेवार निकायका पदहरुमा अार्थिक लेनदेन या बार्गेनिङ प्रणालिकाे बिकाश भयाे त्यस्ता पदमा अाशन ग्रहण गर्ने प्राणी हरुबाट नैतिकता मानबिय मूल्य मान्यताकाे कल्पना समेत गर्न सकिने सबाल नै रहेन | लाेकतन्त्रमा राजनिति गर्नेहरु जुन उच्च चरित्र या नैतिक मूल्यकाे जसरी वकालत गरिरहेका छन ब्यबाहार ठिक उल्टाे घिन लाग्दाे देखिन्छ एउटा तथ्य छ कुनै पनि नैतिक चेतना युक्त राजनितिज्ञ अाफ्नाबारे वकालत गरि समय बर्बाद गर्न चाहान्न उसका लागि अाफ्नाे कार्यकालमा देशकाे उचाई कुन बिन्दुमा पुग्याै भन्ने सबाल नै महत्वपुर्ण हुन्छ अत चरित्रहिनले मात्र त्याग सेवा र समर्पण काे ढाेल पिट्ने हाे | बास्तबमा हाम्रा शासकहरु अाफुले बगाएकाे थाेपा पाेथा पसिनाकाे हिसाब खाता खाेलेर बसेका छन जुन सत्तामा हाम फालेपछि पहिलाे याेजना पसिनाकाे हिसाब चुक्ता गर्नु हुनेछ लाेकतन्त्रमा राजनिति गर्नेहरु सिर्फ त्याग बिनाका सुबिधा भाेगीहरु छन जसले राज्य सत्ता केबल अाफ्नै भविष्य परिबर्तनकाे साधनकाे रुपमा परिबर्तन गरिरहेका छन हेक्का रहाेस कुनै पनि सिद्दान्तबादकाे उत्कृष्टता लाेकतन्त्रमा महत्व राख्दैन जुन विश्वब्यापी मान्यता पनि हाे | यद्दपि यहाका चतुरेहरुकाे बुझाई ठिक उल्टाे छ देशभर अाअाफ्नै सिद्दान्तबादी झण्डा हाबी हुनु नै देशका लागि वास्तविक परिबर्तन हुन अाईदियाे तर ब्यबाहार बदल्नु परेन सिद्दान्त र ब्याबाहारमा कुनै युगमा तालमेल मिलाउनु परेन जनादेश शब्द जुन छ याे शब्द नै अति निरिहता प्रदर्शन गरिरहेकाे छ जसकाे कुनै महत्व नै छैन जनादेश जुन राजनैतिक धारणासंग जकडिएकाे छ भन्नुस यी राजनितिज्ञहरुबाट देश र नागरिकले कस्ताे अपेक्षा राख्ने ? सिङ्गाे राष्ट्रकै लागि भारकाे रुपमा रहेका यी मनुवालाई देशमा बस्ने कुनै अधिकार छ ? के यस्ता उदण्ड राजनितिज्ञहरुबाट राष्ट्र कलङ्कित हुदैन ? के हाम्राे देशका मुख्य शत्रु निम्न स्तरकाे नैतिकता र बौद्धिक कङ्गालिपन हैन र ? राष्ट्रको सामाजिक अार्थिक र राजनैतिक उत्तरदायित्व कसले लिएका छन ? यी याबत समस्याहरु खराब राजनितिकाे पराकाष्ठा हैन ? सतहि रुपमा राज्यप्रति गरेकाे लापरबाही उल्लेख गरि साध्य नै छैन आजको लाेकतन्त्रमा , त्यही भएर यो स्तम्भकार यतिबेला दाबीका साथ भन्न सक्छ विगतको राजतन्त्रसंग देशको विषम राजनैतिक परिस्थितिसंग जुध्न सक्ने अद्भुत परिपक्कता अबस्य थियाे | मिति – २३ अषाढ २०७४


0 comments
Write Down Your Responses