+++१६ वर्षका दुलाह, ७५ वर्षकी दुलही : यसरी शुरु भएको थियो प्रेम+++

एजेन्सी । परम्परा र कानुन विपरित इण्डोनेशियामा एक वर्षीय १६ किशोरले ७० वर्षीया वृद्ध महिलासँग विवाह गरेका छन्। banner यस्तो विवाहलाई इण्डोनेशियामा कानुन विपरित मानिदै आएपनि उक्त जोडीले भने विवाहका लागि अनुमति पाएको हो। इण्डोनेशियामा विवाहका लागि केटाको उमेर १९ वर्ष र केटीको उमेर १६ वर्ष तोकिएको छ। तर उनीहरुले विवाह नभए आत्महत्या गर्ने चेतावनी दिएपछि त्यस गाउँका अधिकारीले उनीहरुलाई तत्काल शारिरीक सम्बन्ध राख्न नपाउने सहमति पछि विवाह गर्न स्वीकृति दिएका हुन्। कसरी भयो प्रेम ? धेरै समय पहिले ती किशोरका बाबुको मृत्यु भएको थियो। बाबुको मृत्युपछि उनकी आमाले उनलाई छोडेर अर्कैसँग विवाह गरिन्। आमाबाबुबाट एक्लिएका ती किशोर एक दिन मलेरियाबाट थलिए। त्यसपछि किशोरको हेरचाह ती वृद्ध महिलाले आफै गरिन्। त्यस समयमा उनी दुईबीच गहिरो प्रेम भयो। त्यसपछि उनीहरु विवाहको निष्कर्षमा पुगे। स्थानीय मिडियाका अनुसार त्यस गाउँका एक मुखियाले बताएका छन्, विवाहका लागि किशोरको उमेर कम थियो, तर उनीहरुको प्रेमले विवाहका लागि अनुमाति पायो। उनीहरुको विवाह जुलाई २ मा भएको हो। स्थानीय मिडियाका अनुसार विवाह गर्ने किशोरको नाम सलामत हो भने उनकी पत्नीको नाम रोहाया हो। रोहायाको उमेर ७१ देखि ७५ को बीचमा छ। रोहायाको यो सहित तेस्रो विवाह हो। दुई विवाहबाट उनका केही बच्चाहरु पनि रहेको समाचारमा उल्लेख छ। ;

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.