+++राष्ट्रपति ज्यु ! मरुभूमिबाट हामीले पठाएको रेमिटान्सले १६ करोडको कार माग्ने ?? मलेसियाबाट एक नेपालीको आक्रोस(भिडियो सहित)
काठमाडौं, २६ असार । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विलासी कारको माग भएको छ । पहिलो महिला राष्ट्र प्रमुख राष्ट्रपति भण्डारीले सरकारसंग हालको कार ठिक नभएको भन्दै करोडौ रुपैया मूल्यको कार माग गरेकी हुन् । सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गर्ने निर्णय गरे पनि राष्ट्रपतिको चाहनाअनुसारको कार किन्न उक्त रकम अपुग भएको भन्दै राष्ट्रपति कार्यालयले गाडी किन्न सरकारसँग थप १२ करोड रुपैयाँ मागेको हो ।सेनाको प्रारम्भिक अनुमान अनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिन्छ । राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो श्रोतको दावी छ। नेपाली सेनाले विश्वका केही नामी कार उत्पादक कम्पनीसँग गरेको कुराकानीका आधारमा राष्ट्रपतिले खोजे जस्तो विलासी कारको मुल्य अनुमान गरिएको हो। हुनत अहिले पनि भण्डारी करोडौंको गाडीमा नै सवार हुने गर्दछिन। तर पनि उनलाई अब यो भन्दा बिलासी र महंगो गाडी चढ्ने रहर जागेर आएको स्पष्ट हुन्छ । सेनाको माध्यम बाट नै गाडी किन्ने योजना हुदैछ ।


0 comments
Write Down Your Responses