५१ सय मिटिर उचाईमा पहिलो पटक चीनले गर्यो भारतका बिरुद्ध खतरनाक युद्धअभ्यास, अत्याधुनिक युद्ध ट्यांकको पनि गरियो प्रयोग
काठमाडौं । चीन र भारतबीच केही समययतादेखि देखिएको तिक्तताका बिच चीनले भारतीय सिमा क्षेत्रमा नै गएर युद्धअभ्यास गरेको छ । चीनले गरेको यो अभ्यास आक्रमक मात्र छैन भिन्न पनि छ । उक्त अभ्यास सुमुन्द्र सहत देखि ५१०० मिटिर उचाईमा पहिलो पटक युद्धअभ्यास गरेको हो ।सैन्य अभ्यासमा पिपुल लिबरेशन आर्मी सबैन्दा अत्याधुनिक युद्ध ट्यांक ९६बी समेत सामेल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चीनसँग सन् १९६२ मा युद्ध हुँदा पराजयको मानसिकता देखाएको भारतले अहिले भने आँफुलाई अब्बल ठानेको जस्तो देखिए पनि भारत यस विषयमा अहिलेसम्म मौन नै छ । यद्यपी भारतीय मिडियाहरुले यस विषयमा भने विशेष सामाग्री तयारी पारेका छन् ।


0 comments
Write Down Your Responses