खुल्यो नायिका केकी अधिकारीको एस्तो सेक्रेट रहस्य ! थाहा पाउनु होस्
दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेपछि नेपाली चलचित्रमा डेब्यु गर्ने नायिका हुन्— केकी अधिकारी। एमबीए उत्तीर्ण यी नायिका वरिष्ठ चलचित्र निर्देशक बद्री अधिकारीकी छोरी हुन्। पारिवारिक वातावरणका कारण अभिनय क्षेत्रमा आएकी केकी यतिबेला नेपाली चलचित्रमा समेत व्यस्त छिन्। उनले अभिनय गरेका कतिपय चलचित्रले व्यावसायिक रूपमा सफलता हासिल गरिरहेका छन्। यतिबेला उनी म्युजिक भिडियो र
चलचित्रलाई समानान्तर रूपमा समय दिइरहेकी छिन्। चलचित्रलाई धेरै समय दिनुपर्ने भएकाले उनी फुर्सद पाउनेबित्तिकै भिडियोलाई समय दिन्छिन्। पछिल्लो समय 'बितेका पल' बाट प्रशंसा पाएकी केकीले भर्खरै छायांकन सम्पन्न चलचित्र 'फन्को' बाट समेत सकारात्मक परिणामको आशा गरेकी छिन्।ऐतिहासिक चलचित्र 'मशान' की यी नायिकालाई साप्ताहिकले यसै सातादेखि प्रारम्भ गरेको नयाँ स्तम्भ 'मेरो सेक्रेट' मा प्रस्तुत गरेको छ। यो स्तम्भमा हरेक साता नेपाली सेलिब्रेटीका रमाइला सेक्रेटहरू प्रस्तुत गरिनेछ, तीमध्ये कतिपय सेक्रेट पहिलो पटक पाठकसमक्ष पुग्ने हाम्रो विश्वास छ।
ब्ल्याङ्केट : म, मेरो बेडरुम र ब्ल्याङ्केटबीचको नाता घनिष्ठ छ। जति नै गर्मी भए पनि मलाई ब्ल्याङ्केट नओढी निद्रै लाग्दैन। जाडोमा त सिरक नै नओढी हुँदैन, तर उखरमाउलो गर्मीमा पनि म ब्ल्याङ्केटले मुख छोपेपछि मात्र निदाउन सक्छु।
रुन्चे : मलाई सबैले घरमा रुन्चे भन्छन्, किनभने म कुनै पनि कुरामा रोइदिन सक्छु। कतिसम्म भने चलचित्र हेर्दासमेत म आफूलाई नियन्त्रण गर्न सक्दिनँ। भावात्मक चलचित्र हेर्दा असाध्यै रुन्छु। अचार : अचार भन्नेबित्तिकै मेरो मुख रसाउँछ। म अचारबिना खाना खानै सक्दिन। अचार के को भन्ने कुराले केही फरक पर्दैन, तर खानाका साथमा एउटा चट्ट परेको अचार नभै हुँदैन।
ल्यापटप : ल्यापटप मेरो सुख-दु:खको साथी हो। कतिसम्म भने ल्यापटपले मलाई रुन समेत सघाउँछ। कहिलेकाहीं चित्त दुखेर रुनुपर्यो भने ल्यापटपमा चलचित्र प्ले गरेर रुन्छु...आमालाई चलचित्र हेर्दै रोएकी हो भन्ने परोस् भनेर। वास्तवमा म त्यतिबेला चलचित्र हेरिरहेकी हुन्न, रोइरहेकी हुन्छु।
पहिरन : मैले लगाउने पहिरन र मेरी बहिनीबीच अचम्मको सम्बन्ध छ। कुनै पनि इभेन्टमा सहभागि हुनु छ भने त्यसका लागि लगाउनुपर्ने पहिरन मेरी बहिनीले नै रोज्नुपर्छ। बहिनीले यो लगाउनु भनेपछि म त्यही लुगा लगाएर समारोहमा जान्छु। साभार : कृष्ण भट्टराईको लेखन तथा कान्तिपुर साप्ताहिकको "मेरो सेक्रेट" सतम्भ मा प्रकाशित

0 comments
Write Down Your Responses