पृथ्वीको भन्दा १० गुणा ठूलो ग्रह भेटियो, जस्को नाम प्लानेट नाइन राखियो
अमेरिकाकाको क्यालिर्फोनिया इनस्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पृथ्वीको भन्दा १० गुणा ठूलो आकार भएको नयाँ ग्रह फेला परेको बताएका छन् । जसको नाम प्लानेट नाइन राखिएको छ । प्लानेट नाइनले वरुणले भन्दा २० गुणा छिटो सूर्यको परिक्रमा गर्ने अनुसन्धान रिर्पोटका सहलेखक कोनस्टान्टिन बेटेगिनले बताए ।
बेटेगिनले उक्त ग्रह अस्तित्वमा रहेको भन्दै अनुसन्धानको नतिजा कम्प्युटर मोडलिङमा आधारित रहेको उल्लेख गरे । प्लानेट नाइनको अनुसन्धान र त्यसको उपलब्धीले सौर्य मण्डल तथा आकाश गंगाको विषयमा हुने नयाँ जानकारी प्राप्त गर्न सकिने वैज्ञानिकको विश्वास छ ।
लामो अनुसन्धान पछि थाहा लागेको अनुसन्धानको थप रहस्य केही समय पछि बाहिर ल्याउने अनुसन्धानमा खटीएका वैज्ञानिकहरुले बताएका छन् । एजेन्सीको सहयोगमा


0 comments
Write Down Your Responses