एक युवकद्वारा आफ्नै परिवारका १४ को हत्या गरेपछि

नयाँ दिल्ली, १६ फागुन । भारतीय राज्य महाराष्ट्रमा आइतबार एक व्यक्तिले आफ्नै परिवारका १४ जना सदस्यको हत्या गरेको दुःखद खबर छ ।
सो हत्यापछि ती व्यक्तिले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । सो हत्याकाण्ड आइतबारै बिहान भएको प्राप्त समाचारमा जनाइएको छ ।

हुसेन वरेकार नामका ३५ बर्षीय एकजना व्यक्तिले खसी काट्ने हतियारले परिवारका सात बालबालिकासहित १४ सदस्यको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएका छन् ।
उक्त व्यक्तिले आत्महत्या गरेको प्रहरीले आइतबार जानकारी दिएका छन् । भारतको मुम्बइबाट ३२ किलोमिटर टाढा ठाने भन्ने स्थानमा सो हत्या भएको छ ।
हत्या गरिएकामा उनको घरका सात बालबालिका, आफ्नी श्रीमती, तीन दिदीबहिनी र आमा बाबु रहेका छन् ।
विवाह भईसकेको सवै दिदीबहिनीलाई माइतीमा निम्तो गरिएको र ती दिदीबहिनीहरु आफ्ना बालबालिकासहित माइतीमा आएका बताइएको छ ।
हत्याको कारण पारवारिक विवाद रहेको अनुमान प्रहरीले गरेको छ । तर यसको पूर्णरुपमा अनुसन्धान हुन भने बाँकी रहेको बताइएको छ ।
यस आक्रमणमा परेर घाइते भएकी एक महिलालाई भने उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.