अरुको एटीएम कार्ड प्रयोग गरी चोरी गर्ने महिला गार्ड पक्राउ
काठमाडौं– अरुको एटीएम कार्ड प्रयोग गरेर पैसा चोरी गर्ने काठमाडौं महानगरपालिका–१० बानेश्वर चोकमा रहेको नबिल बैङकको एटीएम शाखामा सेक्युरिटी गार्ड गर्ने नुवाकोट चतुराले–४ घर भई म्हेपी बस्ने २३ वर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
तामाङले अरुको एटीएम कार्ड प्रयोग गरी पटक–पटक गरेर ५४ हजार रुपैयाँ निकालिसकेको र चोरी गरेको सूचनाको आधारमा बयान प्राप्त भएअनुसार उनलाई महानगरीय प्रहरी वृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई पक्राउ गरी हिरासतमा राखेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

0 comments
Write Down Your Responses