बिबिसीमै ४० वर्षसम्म यौन दुव्र्यवहार गुपचुप

काठमाडौँ, १४ फागुन - चर्चित प्रस्तोता डिजे जिम्मी सेभिलका यौन दुव्र्यवहारबारे बिबिसीका कर्मचारीहरु विज्ञ भए पनि डरका कारण शीर्ष व्यवस्थापनलाई त्यसबारे जानकारी नदिइएको एक स्वतन्त्र अनुसन्धानबाट खुलेको छ।उच्च अदालतका पूर्वन्यायाधीश डेम जेनेट स्मिथले छानबिनका क्रममा सेभिलबाट यौन दुव्र्यवहार गरिएका ७२ जना पीडितको पहिचान गरेका छन्। जसमध्ये ८ जनामाथि त बलात्कारै भएको थियो। डेम जेनेटको प्रतिवेदनअनुसार अर्का प्रस्तोता स्टुवार्ट हलबाट यौन दुव्र्यवहार खेप्नेचाहिँ २१ जना भेटिएका छन्। उनको त्यस्तो व्यवहारबारे पनि बिबिसीमा व्यवस्थापन जानकार थियो।बिबिसी ट्रष्टका अध्यक्ष रोना फेयरहेडले संस्था पीडितहरुको रक्षा गर्न असमर्थ भएको प्रतिक्रिया दिएकी छन्।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.