नदीमा हामफाल्दा नायिकाको खुट्टा भाँचियो हेर्नुहोस्.. (भिडियो सहित )..
चलचित्र ‘खतरनाक’ को एक दृश्यमा आत्महत्या गर्न खोज्दा नायिका हर्षिका श्रेष्ठको खुट्टामा गम्भिर चोट लागेको छ । उनले आफ्नो खुट्टाको हड्डी नै नभाँचिएपनि चर्किएकोे बताइन् ।
नायिका श्रेष्ठले सुरुको दिनमा त खासै नदुखेका कारण सबै दृश्यको छायांकन सकेको बताइन् । तर पछि दुख्न थालेपछि चेकअप गराउँदा हड्डी चर्किएको डाक्टरले बताएका थिए । ऋषी न्यौपानेको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा नायिका श्रेष्ठलाई एक्सन लेडीको रुपमा प्रस्तुत गरिएको छ ।
उनलाई करिब ३ सातासम्म आराम गर्नुपर्ने हुन्छ । हिरोइन घाइते भएपछि एक गीतको छायांकन छोडेर फिल्म यूनिट काठमाण्डौ फर्किएको छ ।



0 comments
Write Down Your Responses