यस्तो अबस्थामा भेटियो हेलिकोप्टर.. शबहरु जलेर तहसनहस.. हेर्नुहोस्.. (भिडियो सहित )..
नुवाकोटमा सोमबार दुर्घटनाग्रस्त फिस्टेल एयरको हेलिकप्टर उत्तरी गोरखाको मनास्लु ट्रेकिङ् रूटमा पर्ने बिकट फिलिम गाउँबाट ५ दिनको नवजात शीशूलाई उपचारका लागि काठमाडौं ल्याउँदै थियो।
१९ वर्षीय सुत्केर प्रिति गुरूङ र उनको ५ दिनको शिशुसँगै उनका ससुरा ६० वर्षीय कितमान गुरूङ, सासु ५६ वर्षीय अज्ञानी गुरूङ र काठमाडौंबाट हेलिकप्टर लिएर फिलिम पुगेकी लक्ष्मी गुरूङ पनि थिइन्। लक्ष्मीको गुरुङको परिवारसँग नाता नखुलेको भए पनि उनी परिवारकै सदस्य हुनसक्ने स्थानीय प्रसाशनको अनुमान छ। उक्त हेलिकप्टरमा स्थानीय सामाजिक संस्थामा काम गर्ने इटहरी, सुनसरीकी २२ वर्षीय निशा तामाङ पनि रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सेतोपाटीलाई बताए।
फिलिममा ११ बजेर २५ मिनेटमा पुगेको हेलिकप्टर ११ बजेर ३० मिनेटमा त्यहाँबाट उडेको थियो। यातायातको सुविधा नभएको उक्त गाउँ आरुघाटबाट हिडेर दुई दिनमा पुगिन्छ। सो हेलिकप्टर १२ बजेर २२ मिनेट जाँदा नुवाकोटबाट सम्पर्क बिहिन भएको थियो। नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलका अनुसार नुवाकोटको बेतिनी जंगलमा हेलिकप्टर दुर्घटनामा परेको छ। हेलिकप्टर पाइलट रञ्जन लिम्बूले उडाएका थिए।



0 comments
Write Down Your Responses