जोया र दुई बच्चा फर्काउ अभियानमा अर्का मनका धनिहरु हेर्नुहोस्.. नामावली सहित साथै जोयालाई फिलिपिन्स होइन नेपालमा पठाउनुहोस..जीवनलाई ..
दुखपो हो साट्ने , सुखमा त सबैले हेर्छन , यस्ता महान विचारका धनि मनका कुबेर मित्र श्री कर्ण बहादुर पुन ज्युले मलेसिया देखि बुहारी जोया र नानीहरुलाई नेपाल फर्काउने अभियानमा रु. २६२०.४५ पठाउनु भएकोमा वहाँलाई मुरी मुरी धन्यवाद , तपाई र तपाइको परिवारमा सदैव खुसि र सम्बृध्दीले साथ् दिईरहोस , धन्यवाद !
दुबईबाट मायाँको डोरीले तान्दै नेपाली बन्न पुगेका हाम्री बुहारीलाई गरिबी र परिस्थितिले बसी खान नदिएपछि फेरी नेपालमै फर्काउनको लागि
साउदी देखि रु. ७९३२ सहायता पठाउनु हुने मित्र श्री छिरिंग दावा शेर्पा ज्युलाई हार्दिक नमस्कार र धन्यवाद , भगवानले हजुरलाई सधै सुख र शान्ति दिउन !
बुहारी फर्काउ अभियानमा दैलेखी सानोकान्छा (सन्तोष) मगर ज्यु बाट रु. ३९२५. प्राप्त भएको छ , वहाँलाई धेरै धेरै धन्यबाद , तपाइको सदैव भलो होस् , फलोस फुलोस !
सन्तोष जी लेख्नुहुन्छ :-
सर्ब प्रथम त हजुर लाई मेरो तर्फ बाट नमस्कार ।। जुन घटना थियो जोया र जीवन थापा मगर को बारे । हो तेस्तो बेला मानवले मानवताको धर्म
निभाउनु पर्छ । तेसैले मैले पनि सानो सहयोग गरेको छु ।।
मेरो परिचय
Name- Dailekhi sano kanxa Magar
Jilla - Dailekhi kalika 7 Haal rojgariko sil silama Malaysia .
अन्त्यमा जोया र जीवन को छिटै मिलन होस । यही कामना!
मिन्ग्मार ग्याल्जे पाख्रिन तामांग ज्युबाट रु. ३९२५ सहयोग प्राप्त
के जात के धर्म के भूगोल , सबै नेपालीको मन दुखेको छ जोया र नानीहरु देशबाट रुँदै गएको देखेर, त्यसैर तिनलाई फेरी हास्दै एयरपोर्टबाट फर्केको एक झलक हेर्न पाम भन्दै देश बिदेशमा बस्नेको मन उर्लेको छ, म ठोकुवा गरेर भन्छु जोया रुदै गएको देखेर मिना खरेल ज्यु को पनि मनको एउटा कुनामा पक्कै ठक्कर चाही लाग्यो ! नत्र वहाँ नेपाली महिला नै हैन !
जसरिनी बुहारीलाई देश फर्काउनु पर्छ भन्दै मलेशियाबाट सहृदयी मित्र मिन्ग्मार ग्याल्जे पाख्रिन तामांग ज्यु ले रु. ३९२५ पठाउनु भएको छ, यहाँको जय होस् , लाखौ धन्यवाद र शुभकामना !
वहाँ लेख्नुहुन्छ :-
सर्ब प्रथम त हजुर लाई मेरो तर्फ बाट नमास्कर ।।। यो एउटा दु खद को घटन हो ।जुन जोया र जीवन थापा मगर को बारेमा हो तेस्तो घटन मा हामी ले साथ , सहयोग , गर्नु पर्छ तेसैले महिले पनि धेरै त छैन ।। सानो सहयोग गरिएको छु
मेरो परिचय
Name- Mingmar Gyalje Tamang Pakhrin
Jilla -Solukhumbu
Sallery 5 khunikhop
Hal - malaysia


0 comments
Write Down Your Responses