-घुँडा दुख्ने समस्या छ ? यी कुरामा ध्यान दिनुस् ५ दिनमा चट्ट हुन्छ ... जानी राखौ..
डा. यन्जन गैह्रे
१) नियमित व्यायाम गर्ने बानी बसालौं जस्तैः– जोर्नीहरु चलाउने, सामान्य हिडाई, आदि ।
२) टुक्रुक्क हथवा पलेटी मारेर नबस्ने ।
३) मनतातो तोरीको तेलमा ३–४ थोपा (pain oil) दखाई कम गर्ने तेल मिसाएर बिहान
र बेलुकी हलुका मसाज गर्ने ।
४) तोल घटाउने वा नियन्त्रण गर्ने ।
५) तातो पानीको Bag (Hot water bag) ले सेक्ने तर सुनिएको छ भने Ice ले २–३
मिनेट सम्म हलुका मसाज गर्ने ।
६) भर्याङ्ग वा सिडी धेरै पल्ट तल माथि नगर्ने ।
७) Knee support को प्रयोग गर्ने ।
Exercise:-
१) भित्तामा अढेस लगाएर खुट्टा लामो गरेर बस्ने, तिघ्राको मासु कस्न – १० गन्ने र १०
पटक गर्ने ।
२) घुँडा मुनि रुमाल राखेर थिच्ने, कुर्कुचालाई उठाउने – १० गन्ने र १० पटक गर्ने ।
३) ढाड सिधा गरी कर्सीमा अढेस लगाएर बस्ने, पालै पालो खुट्टा सिधा माथि उठाउने – १०
गन्ने र १० पटक गर्ने ।
४) दुवै घुँडाको बीच रुमाल राखेर च्याप्ने – १० गन्ने र १० पटक गर्ने ।
५) खुट्टा सिधा तन्काएर बस्ने, दुवै हातले खुट्टाको औंला छुने कोसिस गर्ने – १० गन्ने र १०
पटक गर्ने ।
६) खुट्टा झुन्डाएर एक अर्का माथि राख्ने, तलको खुट्टाले माथि र माथिल्लो खुट्टाले तल
बराबरी ठेल्ने ।


0 comments
Write Down Your Responses