-हेर्नुहोस् !! मनाङ जिल्लाको म्यार्दीमा यस्तो डरलाग्दो अवस्थामामा खोला तर्दै.. (भिडियो सहित)

बिगत केहि समय देखि लगातार परिरहेको पानीका कारण नेपालका धेरै स्थानहरुमा बाढी, पहिरो आउनाले धन जनको क्षती भइरहेको छ । नेपालमा मात्र नभएर यस बर्ष बिश्वका धेरै ठाउँहरुमा धेरै पानि परेको र जसका कारण ठूलो क्षति व्यहोर्न परिरहेको छ । नेपालका धेरै गाउँ तथा जिल्लाहरु पुग्नका लागि बाढी, पहिरोको कारण नै यातायातको असुविधा भइरहेको छ भने बाध्यतामा धेरै मानिसहरु ज्यान जोखिममै राखेर भए पनि डरलाग्दा बाटोहरुको सामना गरिरहेका छन् ।

हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लामा पनि यस बर्ष अहिले सम्मकै सबै भन्दा धेरै पानि परेको जिल्लावासीहरु सुनाउँछन् । पहिले पहिले हिउँ मात्र पर्दथ्यो भने आजभोली पानी नै पर्न थालेको त्यो पनि अन्य पहाडी भागमा जस्तै पानि परेको भन्दै एक स्थानियवासी बताउँछन् ।
बाटो मर्मतका लागि बिगत १-२ महिना देखी अवरुद्द बेशिसहर-मनाङको बाटो भारी बर्षाका कारण झन बिग्रदो अवस्थामा पुगेको छ । बाटो खुलाउनका लागि सम्बन्धीत पक्ष पनि निकै लागि परेका छन् । यहाँ देखाइएको भिडियो मनाङ जिल्लाको म्यार्दी खोलाको हो । हेर्नुहोस् भिडियो कस्तो जोखिमका साथ खोला तरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.