~रातारात हनुमन्ते खोलाको धार परिवर्तन गरिएपछि स्थानीयबीच कुटाकुट (हेर्नुहोस् भिडियो),,,,,,,
भक्तपुर, २७ जेठ । भक्तपुरको हनुमन्ते खोलाको धारलाई परिवर्तन गराइएपछि दुई पक्षबीचको विवाद उत्कर्षमा पुगेको छ ।मध्यपुर ठिमी नगरपालिका ३ र सूर्यविनायक नगरपालिका बाल्कोटको सिमास्थल हनुमन्ते खोलाको धार शुक्रबार मध्यराति स्काभेटर र डोजर लगाएर परिवर्तन गराइएको स्थानीयवासीहरुले जानकारी दिएका छन् । प्रशासनको मिलोमतोमा भू–माफियाले अतिक्रमण गरि खोलाको धार नै परिवर्तन गरेको भन्दै अरनिको राजमार्ग समेत अवरुद्ध गराइएको छ ।आन्दोलनमा उत्रिएका स्थानीवासीहरुले नदीमा डोजर र स्काभेटर लगाएर भू–माफियाले प्लटिङको तयारी गरिरहेको भन्दै नाराबाजी गरेका छन् । शुक्रबारराति खोलाको धार परिवर्तन गराउन प्रयोग गरिएको भनिएको ५ वटा डोजर र स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । खोलाको धार परिवर्तन गराइएको स्थानमा शनिबार बिहान सवा ९ बजे दुईपक्षबीच झडपको भएको थियो । एकअर्कामाथि ढुङ्गा र बेल्चा प्रहार गरेका थिए । तर, सोही समयमा आइपुगेका सुरक्षाकर्मीले झडपको स्थितिलाई टारेका थिए । धार परिवर्तन भएको स्थानबाट हटेका उनीहरुले अरनिको राजमार्ग अवरुद्ध पारेर भू–माफियाले खोलाको धार परितवर्तन भन्दै गरेको नाराबाजी गरेका छन् । पत्रकारमाथि दुर्व्यवहार हनुमन्ते खोलाको धार परिवर्तन गराएपछि उत्पन्न परिस्थितिको समाचार सम्प्रेषण गर्न पुगेका पत्रकारहरुमाथि दुर्व्यवहार गरिएको छ । प्रहरीको सामुन्ने भएको उक्त दुर्व्यवहारप्रति सुरक्षाकर्मी मुकदर्शक बनेका थिए । रातारात खोलाको धार परिवर्तन गराउने पक्षले पत्रकारका क्यामेरा तथा मोबाइल खोसेर फुटाउने तथा फुटेज डिलिट गर्ने प्रयास गर्दै समाचार नलेख्न धम्की दिएका थिए । पत्रकारमाथि हातपात र धम्की दिँदा समेत प्रहरी मुकदर्शक बनेका हुन् ।


0 comments
Write Down Your Responses