~फेसबुकबाट प्रेम, गुडिरहेकाे बसमै बलात्कार, ४ सयमा काम तमाम... भिडियो हेर्नुस |,,,,
स्कुलमा पढ्दै गरेकी १६ वर्षकी एक किशोरीलाई मोवाइल फोनले बर्बाद बनाएको छ । फेसबुक आइडीमा आएको फ्रेण्ड रिक्वेस्टलाई स्वीकार गरेपछि उनको ती व्यक्तिसँग प्रेम भयो । उनले फेसबुकमा कुरा गर्दै जाँदा ह्वाट्सएप नम्बरसमेत दिइन् । युवक उनलाई भेट्न पनि आए । भेट्न आएका उनका फेसबुक प्रेमीले उनलाई घुमाउन अमरावती र गोवासम्म लिएर गए । त्यसपछि ती युवकले उनलाई बसमै बलात्कार गरे । त्यसपछि फर्किएर अमरावती ल्याए । अनि उनलाई ४ सय रुपैयाँ दिएर घर पठाए । फिर्ता आएकी ती किशोरीले प्रहरीलाई आफूसँग भएको द्धटनाको सविस्तार बयान गरेकी छिन् । प्रहरीले अपहरण र बलात्कारको मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । ती किशोरीलाई ती युवक को हुन् भन्ने थाहा नहुनु समस्या भएको थियो । तर प्रहरीले निकै मेहनत गरेर अभियुक्त प्रमोद सुर्जयेलाई पक्राउ गरेको छ । उनको आइडीको जाँच गर्दा उनले एक दुई नभइ ८–१० जना युवतीसँग यस्तो गरेको पाइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses