+++साउदी अरब माथि जंगियो कतार, नाकाबन्दी झन् कडा हुने संकेत,के होला निर्णय(भिडियो हेर्नुहोस)

इस्तानबुल,असार १५ | कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध र नाकाबन्दीको समाधानका विषयमा पछिल्लो समय केही प्रयास भइरहेका बेला साउदी अरेबियाले कतारसँग वार्ता पनि नगर्ने भनी दिएको प्रतिक्रियाको कतारले कडा बिरोध गरेको छ ।
कतारको समस्या समाधानको लागि पछिल्लो पहलस्वरुप केही गल्फका देशले शर्त राखेका थिए । उनीहरुले १३ बुँदे प्रस्ताव पनि सार्वजनिक गरेका छन् । कुवेतको मध्यस्थतामा उनीहरुले सो सार्वजनिक गरेका हुन् ।
यी शर्तमध्ये साउदी अरेबियाले कतारको अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने शर्त अघि सारेको छ। यसका साथै अरु मागप्रति आफू सहमत हुन नसकेको भनी कतारले आफ्नो देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानुन बिपरीत भएको धारणा राखेको थियो ।
ती शर्तका बारेमा बसेर छलफल गर्ने तयारीका लागि कुवेत लगायतले साउदी अरेबियालाई आग्रह गरेका थिए । तर साउदी अरेबियाले भने आफूले ती शर्तलाई कतारले पनि स्वागत नगरेकोले वार्तामा नै नबस्ने बताएको हो । उता कतारले भने यसरी वार्तामै नबस्ने भनी साउदी अ‍ेरिबयाले राखेको धारणा अतिवादी सोचबाट आएको बताएको हो । यस बारेमा उक्त गठबन्धनका अरु देशहरुको धारणा भने आएको छैन ।
उता टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्दागानले पनि कतारमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन बिपरीत रहेको र त्यसलाई खुकुलो बनाउने निहूँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरु पनि अवैधानिक भएका टिप्पणी गर्नुभएको थियो ।कतारकाथि उसका छिमेकी गल्फ देशले नाकाबन्दी लगाएका छन् । कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतार माथि विभिन्न शर्त राखेका छन् ।
टर्कीले कतारको समर्थन गर्दै आएको छ । टर्कीको सरकारी समाचार समिति अनादोलुले राष्ट्रपति एर्देागानलाई उद्धृतगर्दै भनेको छ– हामी कतारको साथमा छौँ, कतारले शर्त स्वीकार्य छैन भनी दिएको अभिव्यक्तिको हामी स्वागत गर्दछौँ ।कतारमाथि यस्तो प्रतिबन्ध लागेको महिना दिन भएको छ । गल्फ सहितका छ वटा देशले कतारमाथि शर्त राखेका छन् र कुवेतले समस्या समाधानका लागि मध्यस्थता गरेको छ ।
ती शर्तहरुमा दोहामा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने पनि भनिएको छ । कतार त्यो शर्तमा पनि सहमत भएको छैन । कतारले आतङ्ककारीहरुलाई आश्रय र प्रश्रय दिएको आरोप मुस्लिम गल्फ देशहरुको रहेको छ । 

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.