++सनी लियोनीको हातबाट गएको थियो उनकी आमाको ज्यान:::मैले दिएको अन्तिम डोजले उहाँको ज्यान लियो ।’

एजेन्सी । सनी लियोनीजीवनमा आधारित डकुमेन्ट्री फिल्ममा सनीले आफ्नी आमाको ज्यान आफ्नो हातबाट गएको महसुस हुने खुलासा गरेकी छिन् । उनले भनेकी छिन् ‘मैले मेरी आमालाई मेरै अगाडि मरेको देखेकी हु । मैले उहाँलाई मर्फिनको अन्तिम डोज दिएकी थिएँ त्यसपछि उहाँ सुत्न जानुभएको थियो । कहिलेकाहीँ म सोच्छु मैले दिएको अन्तिम डोजले उहाँको ज्यान लियो ।’

सनीको यो डकुमेण्ट्री फिल्म गतवर्ष टिआइएफएफ र एमएएमआइ फिल्म फेस्टिवलमार्फत रिलिज भएको थियो । यो फिल्म अहिले नेटफ्लिक्समा पनि उपलब्ध छ । यसमा सनीका जस्वनका विभिन्न घटनाक्रमहरु उल्लेख छन् जुन तथ्यहरु अहिलेसम्म धेरैलाई थाहा थिएन । सनीले आफू पोर्न इन्डिस्ट्रीमा आउँदा उनका अभिभावक जीवितै रहेको बताएकी छिन् । उनले पेन्टहाउस म्यागजिनको लागि पहिलो फोटोसुट गर्दा उनका अभिभावकले नरुचाएको र पछि आफूले सम्झाएको बताइन् । उनका अनुसार सुरुमा उनले आफ्नो फोटोसुटको कुरा अभिभावकसँग लुकाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.