Bichitra
»
++आजको ताजा बिचित्र खबर शंका लागेर चार जनाको पाँचवटा झोला खोल्दा प्रहरी सरप्राइज,,,,,,,,
++आजको ताजा बिचित्र खबर शंका लागेर चार जनाको पाँचवटा झोला खोल्दा प्रहरी सरप्राइज,,,,,,,,
बारा । जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा शंकास्पद गतिबिधि लागेर प्रहरीले जाँच गर्दा शंका साँचो ठहरियो। गन्तव्यतर्फ लाग्दै गरेका चारजनाले बोकेको ५ बटा झोला जाँच गर्दा पाँचवटामै लागूऔषध फेला परेको हो। पाँचवटै झोलामा समान ९ किलोको दरले ४५ किलो लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
जाँच गर्ने क्रममा मकवानपुर, कैलाश गाउँपालिका–७ बस्ने ४५ वर्षीय चन्द्रबहादुर थिङ समेत ४ जनालाई उनीहरुले बोकेको ५ वटा झोलामा ९ किलोको दरले रहेको ४५ किलो लागूऔषध गाँजाको धुलो सहित शनिबार प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
0 comments
Write Down Your Responses